Technology Khabar २८ बैशाख २०७६, शनिबार
काठमाडौं ।
काठमाडौं । आइफोन मेकर कम्पनी एप्पलले नयाँ आइफोनको तयारी शुरु गरिसकेको छ । विभिन्न समयहरुमा नयाँ आइफोनको रेण्डर डिजाइनहरु सार्वजनिक भईरहेका छन् । अब भने नयाँ रिपोर्ट आएको छ की आइफोनको लागि आवश्यक पर्ने चीपसेट ए१३ को उत्पादन शुरु भईसकेको छ ।
ताइवानी चीपसेट मेकर टिएसएमसीले सन् २०१९ को लागि आइफोनमा राखिने चीपसेट बनाईसकेको छ ।
कम्पनीले हाल त्यसको परीक्षण उत्पादन गरिरहेको छ भने छिटै त्यसको मास प्रडक्सन यो महिनाको अन्त्यदेखि नै हुने रिपोर्टमा उल्लेख छ ।
नयाँ चीपसेट ए१३ ७ नानोमिटर प्रोसेसमा आधारित भएर निर्माण हुनेछ भने यसमा ईयूभी अर्थात एक्स्ट्रिम अल्ट्राभायोलेट लिथोग्राफी हुनेछ । नयाँ चीपसेटले फोनको कार्यक्षमतामा वृद्धि गर्नुका साथै ब्याट्री लाइफमा पनि सुधार गर्ने अपेक्षा गरिएकोछ ।
एप्पलले गत वर्षका आइफोनहरु एक्सएस र एक्सएस म्याक्सको सक्सेसरहरुका साथसाथै आइफोन एक्सआरको अपडेटेड भर्सन सार्वजनिक गर्नेछ । यी तीनवटै नयाँ डिभाइसहरुमा अत्याधुनिक फीचर र सुविधाहरु हुने अपेक्षा गरिएको छ भने अहिलेको निकै लोकप्रिय ट्रिपल क्यामरा सेटअप हुने अपेक्षा छ । आइफोन एक्सआरमा भने ड्यूल क्यामरा सेन्सर हुने अपेक्षा छ ।
सन् २०१९ मा आउने आइफोनहरुमा अर्को नयाँ फीचर पावर सेयरिंग पनि आउनेछ, जसमा एप्पल यूजर्सले एयरपोड्स र अन्य डिभाइसहरु वायरलेस चार्जमार्फत चार्ज गर्न सक्नेछन् ।
यसैबिच बजेट आइफोन भनेर चिनिने आाइफोन एक्सआर नयाँ कलर अप्सनमा उपलब्ध हुनेछ । हाल सो फोन ६ वटा कलरमा उपलब्ध हुन्छ, जसमा सेतो, कालो, पहेँलो, कोरल, निलो र रातो रंगहरु छन तर अब भने नयाँ आइफोन एक्सआर दुई नयाँ कलर अप्सनहरु ग्रीन र लाभेन्डर कलरमा उपलब्ध हुनेछ । यी दुई कलरले कोलर र ब्लू कलर अप्सनलाई प्रतिस्थापन गर्नेछ ।
नयाँ आइफोनहरुमा नयाँ प्रोसेसरका साथै रिडिजाइन गरिएको एन्टेना सेटअप, ठूलो साइजको ब्याट्रीपनि हुने अनुमान गरिएको छ ।
प्रकाशित: २८ बैशाख २०७६, शनिबार