चीनमा अनलाइन गेम ‘पबजी’ बन्द, त्यसको विकल्पमा ‘गेम फर पिस’ सार्वजनिक

Technology Khabar २७ बैशाख २०७६, शुक्रबार

चीनमा अनलाइन गेम ‘पबजी’ बन्द, त्यसको विकल्पमा ‘गेम फर पिस’ सार्वजनिक
मोबाइलमा पबजी गेम खेल्दै नेपाली यूजर । फाइल

काठमाडौं ।

काठमाडौं । चर्चित अनलाइन गेम पबजीको निर्माता कम्पनी टेनसेन्ट होल्डिंग्स लिमिटेडले चीनमा सो गेम हटाएको छ । कम्पनीले सो गेमका यूजरहरुलाई सोहि प्रकारको अर्को राष्ट्रवादी भिडियो गेममा जोडेको छ ।

चीनमा नियमनकारी निकायले पबजीमार्फत आम्दानी गर्न अनुमति नदिँदा कम्पनीले सोहि प्रकारको अर्को गेममा यूजरहरुलाई जोडेको हो । कम्पनीले करिब एक वर्षसम्म इन एप पर्चेजमार्फत पबजीबाट आम्दानी गर्न कुरेको थियो । तर सरकारले पबजीबाट आम्दानी गर्न अनुमति नदिएपनि अर्को सोहि प्रकारको गेमलाई भने अनुमति दिएको थियो ।

चीनियाँ सामाजिक संजाल वेबो प्लेटर्फममा कम्पनीको आधिकारिक एकाउन्टमार्फत कम्पनीले पबजीको परीक्षणलाई रोकेको बताएको छ । त्यसैगरि कम्पनीले एन्टि टेरोरिजम थीममा आधारित गेम फर पिस लन्च गरेको जानकारी दिएको छ । यो नयाँ गेममा भने यहि अप्रिलमा मनिटाइजेसनको लागि अनुमति पाएको थियो ।

कम्पनीकाअनुसार चीनमा मात्रै पबजीका करिब ७ करोड सक्रिय प्रयोगकर्ताहरुले दैनिक प्रयोग गरिरहेका थिए । कम्पनीले नयाँ गेम फर पिसमार्फत पनि करिब ८ देखि १० बिलियन यूआन वार्षिक आम्दानी गर्ने अुनमान गरिएको छ ।

विश्लेषकहरुले पबजीको विकल्पमा ल्याएको सो गेम पनि बिल्कुल पबजीको जस्तै रहेको बताएका छन् ।

नयाँ गेम पबजी गेम जस्तो रहेको तथा गेम प्ले, ब्याकग्राउण्ड, ग्राफिक डिजाइन र चरित्रहरु पनि उस्तै रहेको यूजर्सहरुले बताएका छन् ।

easy care

प्रकाशित: २७ बैशाख २०७६, शुक्रबार

ताजा समाचार