अशोक लेलैण्डको दोस्त प्लसको सफ्ट लन्च

Technology Khabar २७ बैशाख २०७६, शुक्रबार

अशोक लेलैण्डको दोस्त प्लसको सफ्ट लन्च
NTC_Advt

काठमाडौं ।

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्डले विशेष गरी नेपालको लागि भारवहन १.५ टन क्षमता रहेको दोस्त प्लस बैशाख २७ गते एक औपचारीक कार्यक्रम मार्फत सफ्ट लन्च गरेको छ ।

उक्त सफ्ट लन्च कार्यक्रमकाबीच आइएमई मोटर्स प्रा.लि.ले अशोक लेलैण्डको दोस्त प्लस प्रोडक्ट लन्च र टेस्ट ड्राइभ समेत गराएको छ । नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै बजारमा ल्याईएको दोस्त प्लस मोडलको ६० हर्ष पावर, अतिरिक्त लोडिङ स्पेस, १५” को टायर, अगाडी ३ र पछाडी ६ स्प्रिङ्ग पत्ता रहेको छ । दोस्त प्लस मोडलको अहिले बजार मूल्य २० लाख ४० हजार रुपैंयाँ रहेको कम्पनीले जानकारी दिएको छ ।

दोस्त प्लस गाडीका प्रोडक्ट ईन्चार्ज प्रभात विक्रम विष्टले यसको प्रतिस्पर्धी नेपालमा अरु कुनै कम्पनीको गाडी नभएकोले राम्रो बजार लिने दाबी गर्दै ग्राहकलाई गाडी खरिद गर्न अझ सहज बनाउने उद्देस्यले क्यासलेस बीमा पोलिसी सुविधा पनि ल्याएको बताए ।

अशोक लेलैण्डले अघिल्लो उत्पादन दोस्त स्ट्रङ्गको सफलताबाट उत्साहित हुँदै उक्त गाडीभन्दा धेरै गुणा राम्रो पर्फमेन्स भएको दोस्त प्लस गाडी बजारमा ल्याएको आइएमई मोटर्स प्रा.लि.का सेल्स हेड सुशील थापाले जानकारी दिए ।

प्रकाशित: २७ बैशाख २०७६, शुक्रबार