टेलिकमलाई धराशायी बनाउन प्राधिकरण लाग्यो- टेलिकमका कर्मचारी यूनियन

Technology Khabar २६ बैशाख २०७६, बिहीबार

टेलिकमलाई धराशायी बनाउन प्राधिकरण लाग्यो- टेलिकमका कर्मचारी यूनियन
फाइल

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणमाथि नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम) लाई धरासायी बनाउन लागेको गंभिर आरोप लागेको छ । नेपाल टेलिकमका कर्मचारी यूनियनहरुले नेपाल दूरसंचार प्राधिकरणमाथि नेपाल टेलिकमलाई धरासायी बनाउन लागेको गंभिर आरोप लगाएका हुन्।

टेलिकमको आधिकारिक ट्रेड यूनियनसहितका तीन कर्मचारी यूनियनहरुले बैशाख २६ गते संयुक्तरुपमा ध्यानाकर्षण गराउँदै मोबाइल सेवाको नविकरण दस्तुरको लागि धम्कीपूर्ण पत्र पठाएर रकम तिराउन खोजेको आरोप लगाएका छन् ।

सो ध्यानाकर्षण पत्रमा दूरसंचार ऐन, २०५३ को दफा २६(१) बमोजिम नविकरण दस्तुर संसोधनका लागि नेपाल टेलिकमबाट पटक पटक गरिएको निवेदन र ट्रेड यूनियनहरुको तर्फबाट गराईएको ध्यानाकर्षलाई बेवास्ता गर्दै एकतफी ढंगले टेलिकमलाई लेखिएको पत्रले प्राधिकरणको निरकुंश चरित्र उजागर भएको उल्लेख छ ।

सरकारी स्वामित्वको कम्पनी भएपनि मोबाइल सेवाको अनुमतिपत्र नविकरण नै नगर्ने आशयको पत्र पठाएको भन्दै यूनियनहरुले संयुक्तरुपमा गंभिर ध्यानाकर्षण भएको जनाएका छन् ।

प्राधिकरणले पठाएको सो पत्रले सार्वजनिक लेखा समिति र मन्त्रिपरिषदको निर्णयभन्दा पनि आफूले कुनै अमूक अपरेटरसँग गरेको कानून विपरितको सहमतिलाई प्राधिकरणले प्राथमिकता दिएको अनुभव गरेको उनीहरुको ठहर छ ।

‘…प्राधिकरण आफ्नो मूल्य उद्धेश्य विपरित नेपाली जनताको प्रत्यक्ष लगानी भएको सरकारी कम्पनीलाई समेत धरासायी बनाई कस्को पक्षपोषण गर्न उद्यत छ, गंभिर चासोको विषय बनेको छ,’ ध्यानाकर्षणमा भनिएको छ ।

ट्रेड यूनियनहरुले प्राधिकरणले २०६५ असोज २२ गते नेपाल टेलिकमलाई लेखेको पत्रको आधारमा नै नविकरण दस्तुर सम्बन्धमा निर्णय गर्न माग समेत गरेका छन् ।

उनीहरुले स्पष्ट नीति बनाउने जिम्मेबारी पाएका निकायहरुको अकर्मण्यतालाई ढाकछोप गर्न जबर्जस्ती एकपक्षीय ढंगले नविकरण दस्तुर तोकिएमा सार्वजनिक संस्थालाई धराशायी बनाउने अभियानमा प्राधिकरण सक्रिय भएको ठहर गर्दै जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको चेतावनी समेत दिएका छन् ।

Global Bank
easy care

प्रकाशित: २६ बैशाख २०७६, बिहीबार

ताजा समाचार