गूगलले सार्वजनिक गर्यो नयाँ अपरेटिंग सिस्टम, ‘एन्ड्रोयड क्यू’ यी स्मार्टफोनमा उपलब्ध

Technology Khabar २५ बैशाख २०७६, बुधबार

गूगलले सार्वजनिक गर्यो नयाँ अपरेटिंग सिस्टम, ‘एन्ड्रोयड क्यू’ यी स्मार्टफोनमा उपलब्ध

काठमाडौं ।

काठमाडौं । गूगलले आफ्नो डेभलपर कन्फ्रेन्समा नयाँ अपरेटिंग सिस्टमको घोषणा गरेको छ । कम्पनीले यसलाई हाल एन्ड्रोयड क्यू नाम दिएको छ भने यो यसअघिको एन्ड्रोयड पाईको अपडेट हो । एन्ड्रोयड क्यू को फाइनल भर्सन भने आगामी अक्टोबर वा नोभेम्बरमा लन्च हुनेछ ।

गूगलको नयाँ ओएसमा नो रिबुट सेक्यूरिटी प्याचेज, फोकस मोड, इन्टिग्रेटेड पारेन्टल कन्ट्रोल्स, सिस्टम वाईड डार्क मोड र स्मार्ट रिप्लाई लगायतका फीचरहरु राखिएको छ ।

त्यसैगरि एन्ड्रोयड क्यूको बीटा ३ भर्सनमा लाइभ क्याप्स, लाइभ रिले, र प्रोजेक्ट यूफोनियालगायतका फिचर छन् । यो एन्ड्रोयड क्यूको बीटा ३ पहिलो बीटा भर्सन हो जसमा भएका फीचरहरु हाल परिक्षणको रुपमा मात्र उपलब्ध रहेका हुन्छन् । त्यसमा थप सुधार गरेर मात्र कम्पनीले पूर्ण संस्करण लन्च गर्दछ ।

नयाँ अपरेटिंग सिस्टम गत वर्षको भन्दा धेरै स्मार्टफोनहरुमा उपलब्ध गराउने घोषणा गरेकोछ ।

गूगलले नयाँ अपरेटिंग सिस्टमको बीटा भर्सनलाई १३ वटा ब्राण्डका २१ वटा डिभाइसहरुमा उपलब्ध गराउने घोषणा गरेको छ । यो लिस्टमा कम्पनीको आफ्नै गूगल पिक्सेल सिरिजदेखि अन्य विभिन्न ब्राण्डहरु छन् ।

असुस जेनफोन ५जेड, इसेन्सियल फोन, ह्वावे मेट २० प्रो, एलजी जी८, नोकिया ८.१, वनप्लस ६टी, ओपो रेनो, रियलमी ३ प्रो, सोनी एक्सपेरिया एक्सजेड३, टेक्नो स्पार्क ३प्रो, भीभो एक्स२७, भीभो नेक्स एस, भीभो नेक्स ए, साओमी एमआई ९, साओमी एमआई मिक्स ३ ५जी, गूगल पिक्सेल ३ र पिक्सेल ३एक्सएल, पिक्सेल २ र पिक्सेल २ एक्सएल, पिक्सेल र पिक्सेल एक्सएल रहेका छन् ।

यदि तपाईँ पनि यी उल्लेखित स्मार्टफोनहरु प्रयोग गर्नुहुन्छ भन्ने गूगलको नयाँ अपरेटिंग सिस्टम एन्ड्रोयड क्यूको अनुभव लिन सक्नुहुनेछ ।

यदि तपाईँ गूगल पिक्सेलका सिरिजहरु प्रयोग गर्नुहुन्छ भने यो लिंक (g.co/androidbeta) बाट एन्ड्रोयड क्यू पाउन सक्नुहुनेछ भने अन्य एन्ड्रोयड स्मार्टफोनहरु छ भने यो लिंक (https://developer.android.com/preview/devices/index.html)मा गएर आफ्नो फोन खोजेर प्रयोग गर्न सक्नुहुनेछ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २५ बैशाख २०७६, बुधबार

ताजा समाचार