ट्विटरमा रिट्विट गर्दा अब फोटो, भिडियो प्रयोग गर्न सकिने सुविधा शुरु

काठमाडौं । ट्विटरले कसैले गरेको ट्विटलाई अन्य व्यक्तिले रिट्विट गर्ने नियममा परिवर्तन गरेको छ । यसअघि केबल परम्परागत ट्विट अर्थात टेक्स्टलाई मात्र सपोर्ट गर्ने गरेकोमा अब भने रिट्विटमा पनि विभिन्न फोटो, भिडियोहरु जोड्न सकिने भएको छ ।

ट्विटरले हालै नयाँ फीचरहरु सपोर्ट गर्ने सुविधा उपलब्ध गराएके हो, जसमा फोटोहरु, भिडियोहरु तथा जीआईएफ राख्न सकिनेछ ।

ट्विटरले यो सुविधा निकै ढिलो गरि ल्याएपनि यसले प्रयोगकर्ताहरुलाई उत्साहित बनाउने अनुमान गरिएको छ । कम्पनीले यो फीचर ढिलो गरी आउनुको कारणमा यो ठूलो प्रोजेक्ट भएको र यसले समग्र ट्वीट डिटेल पेजका साथै टाइमलाइनमा पनि असर पर्ने उल्लेख गरेको छ ।

यसले ट्वीट डिटेल पेजका साथै टाइमलाइनमा पनि असर पार्ने हुँदा हामीले प्रत्येक ती क्षेत्रहरुलाई नयाँ डिजाइन र फंगसनमार्फत समाहित गरेका छौं, ट्विटरले भनेको छ ।

यो बिस्तार गरिएको रिट्विट फीचर हालका लागि आईओएस प्रयोगकर्ताहरु अर्थात आइफोनमा मात्र उपलब्ध रहेको छ । कम्पनीले यसलाई चरणबद्धरुपमा रोलआउट गर्ने उल्लेख गरेको छ । तर कहिलेसम्म अन्य अपरेटिंग सिस्टमका लागि उपलब्ध हुन्छ भन्ने जानकारी छैन् ।