Technology Khabar २४ बैशाख २०७६, मंगलवार
काठमाडौं ।
काठमाडौं । जेडटिईले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन एक्जोज १० प्रो (Axon 10 Pro)तथा एक्जोन १० प्रो फाइजी (Axon 10 Pro 5G) चीनमा लन्च गरेको छ । कम्पनीले यी दुबै स्मार्टफोनहरु मोबाइल वल्र्ड कंग्रेसमा घोषाण गरेको थियो ।
जेडटिईको एक्जोन १० प्रो डूओ चीनमा मंगलबारदेखि उपलब्ध रहेको छ ।
एक्जोन १० प्रोमा स्न्यापड्रागन ८५५ प्रोसेसर राखिएको छ भने यसको तीन अलग अलग र्याम भेरिएन्टहरु ६जीबी, ८जीबी र १२जीबी र्याममा आउनेछ । यो पहिलो स्न्यापड्रागन ८५५ स्मार्टफोन पनि हुनेछ जसमा एफ२एफएस फाइल सिस्टम प्रयोग गरिएको छ ।
जेडटिईको नयाँ फोन १२८ जीबी र २५६ जीबी स्टोरेज अप्सनमा उपलब्ध हुनेछ ।
फोनमा ६.४७ इन्चको एमोलेड फूलएचडी प्लस डिस्प्ले हुनेछ जून वाटरड्रप नोच डिजाइनका साथमा इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर हुनेछ ।
फोटोका लागि ट्रिपल रियर क्यामरा रहेको छ जसमा ४८ मेगापिक्सेल प्लस २० मेगापिक्सेल प्लस ८ मेगापिक्सेलको सेन्सर छ । त्यसैगरि सेल्फीका लागि भने २० मेगापिक्सेलको क्यामरा राखिएको छ ।
फोनमा एनएफसी सपोर्ट, यूएसबी पोर्टमार्फत अडियो आउट रहेको छ भने पावरका लागि ४,००० एमएएचको ब्याट्री प्याकका साथै वायरलेस चार्जिंग सपोर्ट रहेको छ ।
त्यसैगरि जेडटिईले ल्याएको एक्जोन १० प्रो फाइभजी स्मार्टफोन भने ५जी कनेक्टिभिटीको रुपमा मात्र एक्जोन १० प्रो भन्दा फरक रहेको छ ।
एक्जोन १० प्रोको न्यूनतम मूल्य ३,१९९ चिनियाँ यूआनदेखि शुरु हुन्छ ।
प्रकाशित: २४ बैशाख २०७६, मंगलवार