कामना सेवा विकास बैंकले ल्यायो थप सुबिधासहितको मोबाईल बैंकिङ सेवा

Technology Khabar २३ बैशाख २०७६, सोमबार

कामना सेवा विकास बैंकले ल्यायो थप सुबिधासहितको मोबाईल बैंकिङ सेवा

काठमाडौं ।

काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकहरुका लागि मोबाईल बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले सोमबार एक कार्यक्रमको आयोजना गर्दै विविध विशेषताहरुसहित परिमार्जित, आधुनिक र सरल मोबाईल बैंकिङ सेवा प्रयोगमा ल्याएको जानकारी दिएको छ ।

हाल संचालनमा रहेको सेवामा केही सुविधाहरु थप गरि मोबाईल बैंकिङ (एमबैंकिङ रिलोडेड ५) सेवा सार्वजनिक गरिएको बैंकले जानकारी दिएको छ ।

सेवा प्रयोगकर्ताहरुले बायोमेट्रिक लगईन, क्युआर पेमेन्ट, क्रेडिट कार्डको बिल, बीमाको प्रिमियम, स्कूल तथा कलेजको शुल्क, विद्युत र खानेपानी महशुल आदीको भुक्तानी, आफ्नो बैङ्कखाताको रकम अन्य बैङ्क तथा वित्तीय संस्थाको खातामा रकमान्तर गर्ने सकिने लगायतका सुबिधा रहेको बैंकले जानकारी दिएको छ ।

सो सेवा प्रयोग गर्दा ग्राहकले भुक्तानीअनुसार विभिन्न छुटहरु पनि पाउने बैंकले उल्लेख गरेको छ।

Global Bank
easy care

प्रकाशित: २३ बैशाख २०७६, सोमबार

ताजा समाचार