साओमीको रेडमी वाई ३ नेपालमा सार्वजनिक, ३२ एमपी सेल्फी क्यामरा

Technology Khabar २३ बैशाख २०७६, सोमबार

साओमीको रेडमी वाई ३ नेपालमा सार्वजनिक, ३२ एमपी सेल्फी क्यामरा

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेक कम्पनी साओमीले ३२ एमपी सेल्फी क्यामेरा भएको रेडमी वाई ३ (Redmi Y3) नेपालमा सार्वजनिक गरेको छ, जसले पहिलो पटक रेडमी वाई सिरिजमा क्रियो आर्किटेक्चर ल्याएको छ ।

रेडमी नोट ७ सिरिजको शुरुवातसँगै औरा डिजाइनले रेडमी वाई ३ लाई औरा प्रिज्मसँगै बनाउन नयाँ आकार दिएको छ । रेडमी वाई ३ को पछिल्लो भागमा प्रिज्म जस्तै माइक्रोलाइन छ । फोनको अघिल्लो भागमा कर्निङ गोरिला ग्लास ५ रहेको छ र मजबुत कर्नर तथा पीटुआई नानो कोटिङले यस उपकरणलाई स्प्लेशस्हरुबाट जोगाउन मद्दत गर्ने कम्पनीको भनाई छ ।

‘आश्चर्यजनक औरा प्रिज्म डिजाइनसँगै रेडमी वाई ३ ले अघिल्लो पुनरावृत्तिबाट महत्वपूर्ण फड्को मारेको छ । क्वाल्कम स्न्यापड्रेगन ६३२ बाट संचालित तथा उच्च क्षमता भएको ४००० एमएएच ब्याट्रीसँगै यस स्मार्टफोनले नेपाली ग्राहकहरुलाई सुलभ मूल्यमा सबैभन्दा उत्कृष्ट नवीनतम प्रविधि ल्याएको छ,’ शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने ।

३२ एमपी सुपर सेल्फी क्यामरा
रेडमी वाई ३ ले ३२ एमपी सेल्फी क्यामरा भित्र्याएको छ जसले आजका कन्टेन्ट क्रिएटरहरुका लागि योग्य भएको ठहर गर्दै राम्रो स्थान बनाएको छ । तीव्र हाई रिजोलुसन सेल्फीदेखि ईआईएससँग फूल–एचडी भिडियोका लागि ३२ एमपी क्यामेरा विभिन्न ट्रिकको मास्टर हो ।

१.६ माइक्रो मिटर सुपर पिक्सेल साइजसँगै रेडमी वाई ३ बाट हल्का प्रभावकारीदेखि जीवनउपयोगी छवि सृजना गर्ने सेल्फी र भिडियोहरु लिन सकिन्छ । रेडमी वाई ३मा ३२ एमपी सेल्फी क्यामेरा पाल्म सटर मोड उपलब्ध छ जसले प्रयोगकर्तालाई सामान्य रुपमा पाल्मको इशारामा ३ सेकेण्ड टाइमर ट्रिगर गर्न सक्छन् ।

औरा प्रिज्म डिजाइन
नविनतम सबै रुपमा आउन सक्छन्, र रेडमी लाइनअपमा भएको एक सबैभन्दा नयाँ विकास औरा डिजाइन हो । रेडमी वाई ३ मा औरा डिजाइनले मुर्त रुप दिन्छ तर फोनको पछिल्लो भागमा प्रिज्म जस्तै इफेक्ट, ढाँचामा चलिरहेको जटिल माइक्रो लाइनसँग रेडमी वाई ३ ले पहिल्लो यस सेग्मेन्टमा कहिल्यै नभएको कुरा ल्याएको छ ।

रेडमी वाई ३ स्मार्टफोनमा ६.२६ इन्चको एचडी प्लस डट नोच डिस्प्लेका साथमा कोर्निङ गोरिला ग्लास ५ ले रेडमी वाई ३ लाई औरा डिजाइनका साथ अद्भूत अनुभव प्रदान गर्दछ । एलिजेन्ट ब्लू, बोल्ड रेड र प्राइम ब्लाक रंगमा उपलब्ध रेडमी वाई ३ ले व्यक्तित्व विस्तार गर्न मद्दत गर्ने कम्पनीको भनाइृ छ ।

क्रियो कम्प्यूटिङ स्न्यापड्रागन ६३२
पहिलो पटक रेडमी वाई सिरिजमा स्न्यापड्रागन ६३२ मोबाइल प्लेटफर्मसँगै कस्टम क्वालकम क्रियो फीचर ल्याएको हो । स्न्यापड्रागन ६३२ मोबाइल प्लेटफर्ममा चार कोरको दुईवटा हिस्सामा ८ क्रियो २५० कोर छ, जुन हार्डवेयर इन्टेन्सिभ काम राम्रो तरिकाले गर्न विभाजन गरिएको हुन्छ । फोनमा रहेको एडे«नो ५०६ जीपीयूले गर्दा रेडमी वाई ३ अत्याधुनिक गेम र भिजुअलका लागि पनि योग्य छ ।

रेडमी वाई ३ ले प्रयोगकर्तालाई २ दिन ब्याट्री लाइफ भएको ४००० एमएएच ब्याट्री प्रदान गर्छ जुन यो भन्दा अगाडि रेडमी नोट स्मार्टफोनहरुमा मात्र उपलब्ध रहेको थियो ।

मूल्य र उपलब्धता
रेडमी वाई ३, ३ जीबी प्लस ३२ जीबी भेरियन्टका लागि रु १८,४९९/- मा र ४ जीबी प्लस ६४ जीबी भेरियन्टका लागि रु २१,४९९/- मा एलिजेन्ट ब्लू, बोल्ड रेड र प्राइम ब्लाक कलरमा मे ६ तारिखबाट देशभर ९०० भन्दा बढि अफलाइन स्टोर र डराज डट कममा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २३ बैशाख २०७६, सोमबार

ताजा समाचार