पश्चिमा मुलुकहरुद्धारा फाइभजीको सुरक्षाका लागि एकिकृत गाइडलाइन तयार

Technology Khabar २२ बैशाख २०७६, आईतवार

पश्चिमा मुलुकहरुद्धारा फाइभजीको सुरक्षाका लागि एकिकृत गाइडलाइन तयार

काठमाडौं ।

काठमाडौं । विश्वका विभिन्न मुलुकहरु सुरक्षा अधिकारीहरु भविश्वमा संचालन हुने ५जी नेटवर्कलाई सुरक्षित बनाउने विषयमा सहमत भएका छन् । विभिन्न ३० देशका अधिकारीहरुले ५जी नेटवर्कमा आपूर्ति गरिने उपकरणहरुका निर्माता कम्पनीहरुले पार्न सक्ने प्रभावलाई न्यूनिकरण गर्न सहमत भएका हुन् ।

सो प्रस्तावमा कुनैपनि आपूर्तिकर्ता कम्पनीको नाम उल्लेख गरिएको छैन तर पनि अमेरिकाले चिनियाँ टेलिकम उपकरण निर्माता कम्पनीहरु ह्वावे टेक्नोलोजीलगायतलाई रोक्न दबाब दिँदै आएको छ । सो कम्पनीमाथि चीनद्धारा गुप्तचरी गराउन माध्यम बनेको आरोप लाग्दै आएको छ भने ह्वावेले त्यसलाई अस्विरकार गर्दै आएको छ ।

समग्रमा तेस्रो देशबाट आउने आपूर्तिकर्ताद्धारा हुन सक्ने जोखिमलाई न्यून गर्ने विषय रहेको छ । चेक गणतन्त्रको राजधानी प्रागमा आयोजित सो सम्मेलनमा सहभागीले बताए । सो सम्मेलनमा अमेरिका, यूरोपियन यूनियन, नाटो मुलुकहरु, जापान, अष्ट्रेलियालगायतका देशहरु सहभागी थिए ।

सहभागीहरुले कुनैपनि देश र कम्पनीहरुको बारेमा उल्लेख नभएको बताएका छन् । एजेन्सी

easy care

प्रकाशित: २२ बैशाख २०७६, आईतवार

ताजा समाचार