Technology Khabar २० बैशाख २०७६, शुक्रबार
काठमाडौं ।
काठमाडौं । इलेक्ट्रोनिक्स ग्याजेटको अन्र्तराट्रिय ब्राण्ड डब्लु के डिजाइनको दोस्रो नयाँ स्टोर ललितपुरको कुमारीपाटीमा खुलेको छ ।
युवापुस्ताहरु प्रति लक्षित विभिन्न आधुनिक इलेक्ट्रोनिक्स ग्याजेट तथा एसोसिरिजहरु स्टोरमा राखिएको छ भने प्रयोगकर्ताहरुको मन जित्न सफल हुने कम्पनीको भनाई छ ।
दक्षिण पुर्वी एशियासहित अन्य ६० भन्दा बढी मुलुकहरुमा बजार रहेको कम्पनीको नेपालका लागि आधिकारीक बिक्रेता टेकम्याक्स इन्टरनेशनल हो ।
कम्पनीका उत्पादनहरु अनलाइनमा दराज मार्फत पनि खरिद गर्न सकिने बताईएको छ । सुरुवाती मूल्य २ सय रुपैयाँदेखी ६० हजार रुपैयाँसम्मका उत्पादनहरु उपलब्ध कम्पनीका विभिन्न सामानमा ६ महिनाको रिप्लेसमेन्ट वारेण्टी पनि दिइएको छ ।
कम्पनीले चाँडै नै काठमाडौमा बानेश्वर, बौद्ध, न्यूरोड, पोखरा, नारायणघाटको सिजी मललगायत देशभरीमा आधिकारीक आउटलेटहरु स्थापना गरिने जनाएको छ ।
प्रकाशित: २० बैशाख २०७६, शुक्रबार