गूगलबाट

ह्वावेले ५जी टिभी ल्याउँदै, इन्टरनेटको तार र केबल बक्स नराखी भिडियो स्ट्रिमिङ

काठमाडौं । चिनियाँ टेक कम्पनी ह्वावेले आफ्नो पहिलो ५जी फोल्डेबल स्मार्टफोन यहि वर्ष सार्वजनिक गरेको थियो । सामसंग र ह्वावेले बजारमा ५जी स्मार्टफोन ल्याएपछि बजारमा अन्य कम्पनीहरुपनि ५जी स्मार्टफोन ल्याउने तरखरमा छन् ।

तर अब भने ह्वावेले आफ्नो ५जी टेलिभिजन यहि वर्षको अन्त्यसम्ममा ल्याउने तयारीमा लागेको छ । सो टिभी सेटमा ५जी मोडेम राखिनेछ जसले रिमोन्ट कन्टेन्ट हेर्न सकिने छ जसको लागि कुनै तार वा केबल बक्स आवश्यक पर्नेछैेन् । अझ यो ५जी टिभी अन्य इन्टरनेट कनेक्टेड डिभाइसको लागि राउटरको रुपमा पनि प्रयोग गर्न सकिनेछ ।

ह्वावेले ल्याउने ५जी टिभी ८ के रिजोल्यूशनको हुनेछ । यसका साथै यो टिभीमा ३६० डिग्रीको भिडियो पनि हेर्न सकिनेछ ।

रिपोर्टअनुसार ह्वावेले ५जी टिभीको प्रयोगबार्ट कन्जुमर इलेक्ट्रोनिक्सको ईकोसिस्टम विकास गर्न चाहेको छ । जून सामसंगले आफ्ना स्मार्टफोन, स्मार्टटिभी, वेयरेबल र स्मार्ट होम डिभाइसहरुमार्फत गरिरहेको छ ।

ह्वावेले ल्याउने नयाँ टिभीमा ५जी र ८के का साथमा आर्टिफिसियल इन्टेलिजेन्स पनि हुनेछ । तर ५जी सिमित स्थानमा मात्र उपलब्ध भएको र ८के कन्टेन्ट पनि निकै कम मात्र उपलब्ध भएको हुँदा त्यसले बजारमा कस्तो असर पार्छ भन्ने स्पष्ट छैन् ।