पारित भयो नेशनल सर्ट निर्देशिका, साइबर जोखिम न्यूनिकरण गर्ने उद्धेश्य

Technology Khabar १९ बैशाख २०७६, बिहीबार

पारित भयो नेशनल सर्ट निर्देशिका, साइबर जोखिम न्यूनिकरण गर्ने उद्धेश्य

काठमाडौं । सरकारले सूचना प्रविधिको क्षेत्रमा बढ्दो जोखिमलाई न्यूनिकरण गर्ने उद्धेश्यले सूचना प्रविधि आकस्मिक सहायता समूह संचालन तथा व्यवस्थापन निर्देशिका ल्याएको छ ।

मन्त्रिपरिषदको यहि वैशाख १७ गते मंगलबार बसेको बैठकले सूचना प्रविधि आकस्मिक सहायता समूह संचालन तथा व्यवस्थापन निर्देशिका, २०७५ स्वीकृत गरेकोहो ।

सो बारेमा सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

सो निर्देशिकामा साइबर सुरक्षामा बढ्दो चुनौतीहरुलाई ध्यानमा राख्दै सुरक्षा जोखिम मूल्यांक, व्यवस्थापन र समाधानका विषयहरु समावेश गरिएको छ ।

निर्देशिका भित्र नेशनल सर्ट र निर्देशन समितिको परिकल्पना गरिएको छ । नेशनल सर्टको प्रमुखमा संचार तथा सूचना प्रविधि मन्त्रालयको सहसचिवको नेतृत्वमा समिति हुनेछ भने निर्देशक समितिमा मन्त्रालयका सचिवले नेतृत्व गर्नेछन् । निर्देशक समितिले साइबर सुरक्षासँग सम्बन्धि कार्यहरुको बारेमा नेशनल सर्टलाई निर्देशन दिनसक्नेछ ।

बढ्दो साइबर चुनौतीलाई सामना गर्न नयाँ निर्देशिका ल्याईएको मन्त्रालयका सहसचिव विरेन्द्र कुमार मिश्रले जानकारी दिए । उनले सो निर्देशिकामा क्षेत्रगत सर्टको व्यवस्था रहेको बताए ।

‘सो निर्देशिका भित्र क्षेत्रगत सर्टहरु पनि तोकिएको छ, जस्तै बैंकहरुको लागि छुटै सर्ट, सेक्यूरिटीको लागि छुटै सर्टलगायत रहेका छन्,’ उनले भने ।

सो निर्देशिकाअन्तरगत रहेर सरकारले देशभित्र देखिएका साइबर सुरक्षा र चुनौतीहरुलाई नियन्त्रण र अनुगमन गर्न सक्नेछ ।

प्रकाशित: १९ बैशाख २०७६, बिहीबार

Comments are closed.

Loading...