ड्रोन राख्नेलाई बेलायतमा वार्षिक शुल्क तिराईँदै, १८ वर्ष मुनिकाले उडाउन नपाउने

Technology Khabar १८ बैशाख २०७६, बुधबार

ड्रोन राख्नेलाई बेलायतमा वार्षिक शुल्क तिराईँदै, १८ वर्ष मुनिकाले उडाउन नपाउने

काठमाडौं ।

काठमाडौं । बेलायतले अब ड्रोन तथा मोडल एयरक्राफ्टका धनीहरुलाई वार्षिक शुल्क लगाउने भएको छ । हालै बेलायतको एभिएसन नियमनकारी निकायले ड्रोन तथा मोडल एयरक्राफ्ट धनीहरुलाई प्रतिवर्ष १६.५० पाउण्ड लिने योजना गरेको छ ।

सिभिल एभिएसन अथोरिटी यूकेले नयाँ ड्रोन तथा मोडल एयरक्राफ्ट रजिस्ट्रेशन स्कीमअन्तरगत लाइसेन्स फी उठाउने बारेमा छलफल शुरु गरेको छ ।

बेलायतमा गत नोभेम्बरदेखि नै ड्रोन तथा मोडल एयरक्राफ्टलाई दर्ता गर्दै आएको छ भने त्यसका चालकहरुले अनलाइन सेफ्टी टेस्ट पुरा गर्नुपर्ने हुन्छ ।

नयाँ योजनाले २५० ग्रामभन्दा बढि तौल भएका ड्रोन तथा मोडल एयरक्राफ्ट राख्ने व्यक्तिलाई असर पार्ने रिपोर्टमा उल्लेख छ ।

केबल १८ वर्षभन्दा माथिका मानिसहरु मात्र ड्रोन तथा मोडल एयरक्राफ्ट धनीको रुपमा दर्ता हुन सक्नेछन् । तर यसमा ड्रोन तथा मोडल एयरक्राफ्ट पाइलटहरुलाई भने कुनै शुल्क लाग्नेछैन् । यदि कुनैपनि ड्रोन तथा मोडल एयरक्राफ्टको धनी र चालक फरक भएको खण्डमा यो नियम लागू हुनेछ ।

हाल बेलायतको सो नियमनकारी निकायले छलफलको लागि सो प्रस्ताव गरेको छ भने पूर्णरुपमा आउँदो जुलाईदेखि नयाँ नियम लागू हुने अनुमान छ ।

बेलायतमा कति ड्रोन तथा मोडल एयरक्राफ्ट प्रयोगकर्ताहरु छन भन्ने कुनै जानकारी छैन तर बेलायतको नागरिक उड्डयन प्राधिकरणकाअनुसार करिब १ लाख ७० हजार मानिसहरु दर्ता हुन आउनेछन् ।

नयाँ यूरोपेली कानूनअनुसार प्रत्येक सदस्य राष्ट्रहरुले आगामी वर्षदेखि ड्रोन प्रयोगकर्ताहरुको दर्ता राख्नुपर्नेछ ।

यस्तो प्रकारको दर्ता प्रकृया अर्को यूरोपेली मुलुक फ्रान्समा भने निशुल्क छ । तर अमेरिकामा ५ अमेरिकी डलर तथा आयरल्याण्डमा ५ यूरो तिर्नुपर्ने हुन्छ ।

नियमनकारी निकायले अहिलेको स्कीम पूर्ण वा आंशिकरुपमा लागू हुनसक्ने बताएको छ ।

बेलायतको सरकारले नयाँ ड्रोन दर्ता स्कीमको विकास गर्न अनुदान प्रदान गरेको छ तर सो प्राधिकरणले भने त्यसको संचालन, मर्मत र अपडेटको लागि खर्च लाग्ने बताएको छ ।

नियमनकारीले सकेसम्म न्यून शुल्क लिन खोजिएको प्रष्टिकरण दिएको छ र यो शुल्क आगामी वर्षहरुमा दर्ताको अवस्था हेरेर घटबढ हुनसक्ने बताईएको छ ।

तर ड्रोन तथा मोडल एयरक्राफ्ट संचालकहरुको संस्थाले भने यो शुल्क निकै महंगो भएको बताएको छ । एफभीपी यूके एसोसिएसनले शुल्कको विरुद्धमा रहेको भन्दै प्रस्तावित शुल्क पनि निकै महंगो भएको उल्लेख गरेको छ । सो एसोसिएसनमा ४ हजार ड्रोन उडानकर्ताहरु आबद्ध छन् ।

बेलायती नियमनकारी निकायकाअनुसार एकजना धनीले धेरै ड्रोन तथा मोडल एयरक्राफ्ट दर्ता गर्न सक्नेछन् ।

अन्य ड्रोन तथा मोडल एयरक्राफ्ट प्रयोगकर्ता तथा संघहरुले पनि सो शुल्क महंगो भएको र यसले ड्रोन तथा मोडल एयरक्राफ्टको कानूनी प्रयोगलाई निरुत्साहित पार्ने बताएका छन् ।

स्रोत

easy care

प्रकाशित: १८ बैशाख २०७६, बुधबार