फेसबुकले ग्रुपहरुलाई प्राथमिकतामा राख्दै, गोपनियतामा केन्द्रित सामाजिक प्लेटफर्म बनाउने

Technology Khabar १८ बैशाख २०७६, बुधबार

फेसबुकले ग्रुपहरुलाई प्राथमिकतामा राख्दै, गोपनियतामा केन्द्रित सामाजिक प्लेटफर्म बनाउने

काठमाडौं । फेसबुक इन्कले आफ्नो मुख्य सामाजिक नेटवर्कमा ग्रुप फिचरलाई ध्यानमा राखेर नयाँ डिजाइन गरेको छ । त्यसैगरि फेसबुकले आगामी दिनमा अझै व्यक्तिगत र अति घनिष्ठ संचारको लागि कार्य गर्ने स्पष्ट पारेको छ ।

फेसबुकको वार्षिक एफ ८ कन्फ्रेन्सको शुरुवात गर्दै सिईओ मार्क जुकरवर्गले आगामी दिनमा कसरी थप नीजि गोपनियतामा आधारित सामाजिक संजाल बनाउने बारेमा केन्द्रित भएका बताए ।

उनले मानिसहरुलाई आफ्नो विचार र भावनाहरु सम्पर्कमा भएका अन्य मानिस र समुदायहरुसँग सहजरुपमा राख्ने माध्यमको रुपमा फेसबुकलाई विकास गरिने बताए । ‘हामीकहाँ अहिले प्राइभेसीतर्फ कुनै ठूलो सम्मान छैन, हामी अहिले जसरी कम्पनी चलाईरहेका छौं त्यसलाई परिवर्तन गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।

सो कन्फ्रेन्समा ग्रुप बनाउने र त्यसमा सम्पर्क बढाउने विषय सबैभन्दा महत्वपूर्ण भएको बताईएको थियो ।

फेसबुकको नयाँ मोबाइल एप डिजाइनमा ग्रुपलाई हाईलाइट गरिएको छ भने ग्रुपमा रहेका मानिसहरुका बिचमा पर्सनलाइज फीड देखिने गरि विशेष बनाईएको छ । फेसबुकले आफ्नो निलो कलरलाई केहि परिवर्तन गरेर सेतो कलर पनि समावेश गरेको छ ।

जुकरबर्गले पछिल्लो पाँच वर्षमा परिवर्तनहरु निकै महत्वपूर्ण भएको बताए । कम्पनीले विगत २ वर्षदेखि मानिसहरुले सार्वजनिकरुपमा पोष्ट गर्न भन्दा पनि आफू जोडिएका ग्रुपहरुमा बढि सक्रिय भएको देखिएको बताएको छ ।

प्रकाशित: १८ बैशाख २०७६, बुधबार

Comments are closed.

Loading...