आइएमई लाइफ इन्स्योरेन्स र सनराइज बैंक बीच बैंक अस्योरेन्स सम्झौता

Technology Khabar १७ बैशाख २०७६, मंगलवार

आइएमई लाइफ इन्स्योरेन्स र सनराइज बैंक बीच बैंक अस्योरेन्स सम्झौता

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सनराइज बैंक लिमिटेड काठमाडौँबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र सनराइज बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यले हस्ताक्षर गरे ।

सो बैंक अस्योरेन्स सम्झौता पश्चात् सर्वसाधारण तथा बैंकका ग्राहकहरुले सनराइज बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्तगर्न सक्नेछन् ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले हाल ७४ शाखाहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

TK Viber

प्रकाशित: १७ बैशाख २०७६, मंगलवार

Loading...