म्यूजिक स्ट्रिमिंग स्पोटीफाईका सशुल्क यूजरको संख्या १० करोड नाध्यो

Technology Khabar १७ बैशाख २०७६, मंगलवार

म्यूजिक स्ट्रिमिंग स्पोटीफाईका सशुल्क यूजरको संख्या १० करोड नाध्यो

काठमाडौं । म्यूजिक स्ट्रिमिंग एप स्पोटीफाईले हालै आफ्ना सशुल्क यूजर्सको संख्या १० करोड पुगेको जानकारी दिएको छ । कम्पनीले हालै रकम तिरेर स्पोटीफाई सुन्ने ग्राहकहरुको संख्या कुल प्रयोगकर्ताहरुको करिब आधा भएको जानकारी दिएको हो ।

स्पोटीफाईसँग रकम तिरेर संगित सुन्ने र निशुल्क सेवा लिनेको संख्या गरेर कुल २१ करोड भन्दा बढि रहेको छ ।

स्पोटीफाईले हालै छिमेकी मुलुक भारतमा आफ्नो सेवा बिस्तार गरेसँगै प्रयोगकर्ताहरुको संख्यामा ह्वात्तै वृद्धि गर्न सफल भएको हो, जहाँ पहिलो सातामा नै १० लाख प्रयोगकर्ताहरुले सेवा उपयोग गरेका थिए ।

कम्पनीले आफ्ना ग्राहकहरुको संख्यामा उल्लेखनियरुपमा वृद्धि गर्न सकेपनि त्यसले कम्पनीलाई नाफामा भने लान सकेन् । स्पोटीफाई अझैपनि घाटामा रहेको छ, सन् २०१९ को पहिलो क्वाटरमा कम्पनीले १४२ यूरो घाटा बेहोरेको छ । तर यो अघिल्लो वर्षको सोहि अवधिको तुलनामा भने कम घाटा हो ।

TK Viber

प्रकाशित: १७ बैशाख २०७६, मंगलवार

Loading...