गेमरहरुका लागि नुबिया रेड म्याजिक ३ स्मार्टफोन, लगातार गेम खेल्दा पनि नतात्ने

Technology Khabar १६ बैशाख २०७६, सोमबार

गेमरहरुका लागि नुबिया रेड म्याजिक ३ स्मार्टफोन, लगातार गेम खेल्दा पनि नतात्ने

काठमाडौं ।

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी नुबियाले आफ्नो गेमिंग स्मार्टफोन रेड म्याजिक ३ लन्च गरेको छ । कम्पनीले पावरफूल गेमिंग स्मार्टफोनको रुपमा सार्वजनिक गरेको यो स्मार्टफोनमा ५,००० एमएएचको ब्याट्री राखिएको छ । त्यसैगरि यसलाई गेम खेलिरहेको बेला तात्नबाट जोगाउन कुलिंग सिस्टम राखिएको छ ।

नुबिया रेड म्याजिक ३ स्मार्टफोनमा ६.६५ इन्चको फूलएचडी प्लस एचडिआर एमोलेड डिस्प्ले राखिएको छ भने यो तीन र्याम र स्टोरेज भेरिएन्टमा आउँछ ।

फोनमा लिक्विड कुलिंग टेक्नोलोजी राखिएको छ जसमा इन्टरनल टर्बो फ्यान छ । कम्पनीकाअनुसार यसले तातोपनालाई ५०० प्रतिशतसम्म फैलाउँछ ।

रेड म्याजिक ३ फोनमा क्वालकम स्न्यापड्रागन ८५५ प्रोसेसरका साथमा एड्रेनो ६४० ग्राफिक्स प्रोसेसर यूनिट राखिएको छ ।

यो फोन ६जीबी र्याम र १२८ जीबी स्टोरेज, ८ जीबी र्याम र १२८ जीबी स्टोरेज तथा १२ जीबी र्याम र २५६ जीबी स्टोरेज अप्सनमा उपलब्ध हुन्छ । फोनको मूल्य क्रमशः ३,१९९ यूआन, ३,४९९ यूआन र ४,२९९ यूआन तोकिएको छ ।

५,००० एमएएच ब्याट्री पावर राखिएको यो स्मार्टफोनमा ३० वाटको क्विक चार्जिंग फिचर राखिएको छ । यो स्मार्टफोनलाई केबल १० मिनेट चार्ज गरेर १ घण्टासम्म गेम खेल्न सकिन्छ ।

फोटोग्राफीका लागि यसमा ४८ मेगापिक्सेलको सोनी आइएमएक्स ५८६ सेन्सरसहितको रियर क्यामरा राखिएको छ भने सेल्फीका लागि १६ मेगापिक्सेलको क्यामरा छ ।

यो स्मार्टफोन एन्ड्रोयड ९ पाई अपरेटिंग सिस्टममा संचालन हुन्छ ।

नूबियाका विभिन्न स्मार्टफोनहरु नेपाली बजारमा आइटिपी नेपाल प्रालिले उपलब्ध गराएउने गरेको भएपनि यो सिरिजको स्मार्टफोन नेपाली बजारमा छैन त्यसैले यो नयाँ स्मार्टफोन नेपालमा उपलब्ध हुने संभावना पनि न्यून छ ।

easy care

प्रकाशित: १६ बैशाख २०७६, सोमबार