आइफोनको पासवर्ड बिर्सनुभयो, यस्तो तरिकाबाट सजिलै रिकभर गर्न सकिन्छ

Technology Khabar १६ बैशाख २०७६, सोमबार

आइफोनको पासवर्ड बिर्सनुभयो, यस्तो तरिकाबाट सजिलै रिकभर गर्न सकिन्छ

काठमाडौं ।

काठमाडौं । कयौं पटक आइफोनप्रयोगकर्ताहरुले आफ्नो पासवर्ड बिर्सने गर्दछन् । तर त्यस्तो बेलामा तपाईँको फोन लक खोल्न समस्या हुने गर्दछ भने जतिगरेपनि पासवर्ड मिल्दैन् । यस्तो बेलामा फोनलाई अनलक गर्न निकै कठिन विषय हो ।

तर केहि उपायहरु लगाएर तपाईँले आफ्नो बिर्सिएको पासवर्ड फिर्ता पाउन सक्नुहुनेछ । तर होस गर्नुस् तपाईँको आइफोनमा भएका सम्पूर्ण जानकारीहरु भने हराउनेछन् । यदि कुनै ब्याकअप गरिएको डाटा रहेछ भने त्यो डाटा अनलक गरेपछि फेरी हासिल गर्न सक्नुहुनेछ ।

तर यदि पासवर्ड बिर्सनुभयो र तपाईँको डाटा पनि रिस्टोर गरिएको छैन भने तपाईँले यी तरिका अपनाउन सक्नुहुनेछ ।

१ यदि तपाईँसँग आईट्यून छैन भने तपाईँले त्यसलाई म्याक वा विण्डोज कम्प्यूटरबाट डाउनलोड गर्नुहोस् ।

२ पर्सनल कम्प्यूटरसँग आइफोनलाई कनेक्ट गर्नुस र आईट्यून खोल्नुस् ।

३ आफ्नो आइफोनलाई फोर्स रिस्टार्ट गर्नुस् ।

४ आइफोन एक्स वा आइफोन ८ लाई फोर्स रिस्टार्ट गर्न भोल्यूम अप बटनलाई छिटो छिटो दबाउनुहोस र छोड्नुहोस् । त्यसपछि भोल्यूम डाउन बटनलाई पनि त्यस्तै गर्नुहोस् । त्यसपछि साइड बटनलाई क्लिक गर्नुस् । अब तपाईँको आइफोनमा रिकभरी मोड स्क्रीन देखिनेछ ।

५ आइफोन ७ र आइफोन सेभेन प्लसमा कसरी गर्ने साइड तथा भोल्यूम डाउन बटनलाई प्रेस तथा होल्ड गर्नुहोस् । यो सबै एकैपटक गर्नुपर्नेछ । त्यतिबेलासम्म गरिरहनुस जतिबेलासम्म तपाईको आइफोनमा रिकभरी मोड आउँदैन् ।

६ आइफोन ६ वा अन्य भेरिएन्टहरुमा होम र टप साइड बटनलाई एकैपटक दबाउनुहोस् । त्यतिबेलासम्म यस्तो गर्नुस जतिबेलासम्म रिकभरी मोड स्क्रीनमा आउँदैन् ।

७ यति गरिसकेपछि तपाईँको फोनमा रिस्टोर वा अपडेटको अप्शन आउँछ ।

८ अब रिस्टोर अप्शनलाई छनौट गर्नुहोस् ।

९ आईट्यून्स अब तपाईको आइफोनमा डाउनलोड हुन शुरु हुनेछ ।

१० तर यदि यो डाउनलोड हुन १५ मिनेटभन्दा अधिक समय लिन्छ भने आइफोन आफसेआफ एग्जिट रिकभरी मोडमा जानेछ ।

११ यदि यस्तो हुन्छ भने आइफोन र पिसीलाई फेरी कनेक्ट गर्नुस र फोर्स रिस्टार्ट गर्नुहोस् ।

१२ यसरी अब आफ्नो आइफोन अनलक गर्नुहोस । यो प्रकृया केही कठिन र जोखिमपूर्ण भएपनि यसरी तपाईँको आइफोनलाई पुन रिकभर गर्न सक्नेछ ।

तर यस्तो गर्नुभन्दा पहिले तपाईँले आफ्नो आइफोनको डाटा ब्याकअप गर्नुस् ।

Sajilo Visa

प्रकाशित: १६ बैशाख २०७६, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार