एनसेलको ‘कल आयो पैसा पायो’ अफर फेरी आयो, प्रतिमिनेट २ रुपैयाँ बोनस पाईने

Technology Khabar १६ बैशाख २०७६, सोमबार

एनसेलको ‘कल आयो पैसा पायो’ अफर फेरी आयो, प्रतिमिनेट २ रुपैयाँ  बोनस पाईने

काठमाडौं ।

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो कस्टमर लोयल्टी कार्यक्रम अन्तर्गतको अफर ‘कल आयो पैसा पायो’ यो वर्ष पनि ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकले अब विश्वका जुन सुकै देशबाट आएको अन्तराष्ट्रिय आगमन कलमा दुई मिनेट वा सो भन्दा बढि कुरा गर्दा प्रत्येक मिनेट २ रुपैयाँ बोनस स्वरुप प्राप्त गर्नेछन् ।

यो अफर वैशाख १६ गतेदेखि लागु भई तीन महिनासम्म जारी रहनेछ। एनसेलका ग्राहकले विदेशबाट आफ्ना आफन्त,साथीभाई र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेट पश्चात १० मिनेटसम्म प्रत्येक मिनेटको २ रुपैयाँको दरले बोनस पाउनेछन् । यसको अर्थ अन्तराष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले १८ रुपैयाँसम्म बोनस प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।

यसरी प्राप्त बोनस ७ दिनका लागि मान्य हुनेछ । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन् ।

एनसेलका सबै प्रिपेड तथा पोष्टपेड ग्राहकले १७१२६ मा डायल गरि यो योजना निःशुल्क सुचारु गरी लाभ लिन सक्छन् । त्यसैगरी, ग्राहकले अंग्रेजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो बोनस योजनामा सामेल हुन सक्छन् ।

बोनसका साथै, अन्तराष्ट्रिय आगमन कलमा कुरा गरी यस योजनाको मापदण्ड पुरा गरेका ग्राहकले प्रत्येक हप्ता सामसुङ्ग ग्यालेक्सी ए २० स्मार्टफोन पनि जित्न सक्नेछन् ।

यो योजना अवधिभर प्रत्येक हप्ता १० जना ग्राहकले १/१ थान स्मार्टफोन पाउनेछन् । एक हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, अन्तर्राष्ट्रिय आगमन कलको संख्या र औसत कलको समय अनुसार विजेताको छनोट गरिनेछ ।

यो योजनाले ग्राहकलाई विदेशमा रहेका साथीभाई तथा परिवारका सदस्यसँग सम्पर्कमा रहँदै, एनसेलको नेटवर्कमा रहका अन्य आफन्तजन तथा साथीभाईसँग थप सम्पर्कमा रहन मद्दत गर्ने जनाएको छ ।

Sajilo Visa

प्रकाशित: १६ बैशाख २०७६, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार