एलसिडीमा फिंगरप्रिन्ट प्रयोग गर्न सकिने, चिनियाँ कम्पनीले विकास गर्यो नयाँ प्रविधि

Technology Khabar १५ बैशाख २०७६, आईतवार

एलसिडीमा फिंगरप्रिन्ट प्रयोग गर्न सकिने, चिनियाँ कम्पनीले विकास गर्यो नयाँ प्रविधि

काठमाडौं ।

प्रत्येक दिन नयाँ आविश्कार र प्रविधिहरु सार्वजनिक भईरहेका छन् । अझ छिमेकी मुलुक चीनमा त नयाँ प्रविधि र विकास निरन्तर भईरहेको छ । हालै एक चिनियाँ कम्पनीले पहिलो पटक एलईडी डिस्प्लेमा फिंगरप्रिन्ट प्रयोग गर्न सक्ने प्रविधि विकास गरेको छ ।

यसअघि ओएलईडी डिस्प्लेमा मात्र फिंगरप्रिन्ट प्रयोग गर्न सकिने प्रविधि रहेको थियो तर अब भने एलसिडी डिस्प्लेमा पनि यो प्रयोग हुने भएको छ ।

चिनियाँ कम्पनी फोर्टसेन्सले हालै एलसिडी अन स्क्रीन फिंगरप्रिन्ट सोलुसनको विषयमा १६० वटा पेनेन्ट दर्ता गरेको छ । कम्पनीले एलसिडी स्क्रीनमा फिंगरप्रिन्टको सिग्नल इन्टरफेरेन्स हुने विषयलाई समाधान गर्दै नयाँ प्रविधि विकास गरेको हो ।

नयाँ आविश्कारसँगै अब सस्ता र बजेट स्मार्टफोनहरुमा पनि एलसिडी अन स्क्रीन फिंगरप्रिन्ट सोलुसन प्रयोग हुने अनुमान गरिएको छ । विभिन्न मोबाइल फोन उत्पादकहरुले यो प्रविधिलाई यो वर्षको अन्त्यसम्ममै आफ्ना स्मार्टफोनहरुमा ल्याउनसक्ने बताईएको छ ।

यसैबिच चीनको सबैभन्दा ठूलो टेक कम्पनीमध्येको एक साओमीले भने सो प्रविधि यो वर्ष प्रयोग नगर्ने बताएको छ । कम्पनीका प्रडक्ट म्यानेजर वांग तेंगकाअनुसार यो प्रविधि कम्पनीले आगामी वर्ष प्रयोग गर्नेछ र कम्पनीले २,००० यूआन भन्दा कम मूल्य पर्ने उत्पादनहरुमा यो प्रयोग गर्नेछ ।

फोर्टसेन्सले एलसिडी ब्याकलाइट सिस्टममा सुधार र थप परिस्कृत गर्दै फिंगरप्रिन्टलाई त्यसमा राख्न सफल भएको हो ।

Global Bank
easy care

प्रकाशित: १५ बैशाख २०७६, आईतवार