एप्पलले करेन्ट लाग्ने प्लग निशुल्क साटिदिने, नेपाली यूजर्स पनि प्रभावित हुनसक्ने

काठमाडौं । एप्पलले आफ्ना ग्राहकहरुलाई एप्पलका डिभाइस चार्ज गर्न प्रयोग हुने निश्चित किसिमको प्लग प्रयोग नगर्न भनेको छ ।

कम्पनीले इलेक्ट्रिक शक अर्थात करेन्ट लाग्न सक्ने जोखिम भएको भन्दै कम्पनीले यसअघि आफ्ना डिभाइसहरुमा राखिएका केहि प्लगहरु प्रयोग नगर्न अनुरोध गरेको छ । कम्पनीले विशेषगरि बेलायत, सिंगापुर र हंगकंगमा एप्पलका डिभाइसहरुसँग सन् २००३ देखि २०१०सम्म पठाईएका इलेक्ट्रिक प्लगहरुमा समस्या भेटिएको बताएको छ ।

कम्पनीले सो प्लगका कारण हालसम्म ६ वटा घट्ना भएको बताएको छ जहाँ पठाईएका चार्जिंग प्लगहरुको मेटल पार्ट एक्सपोट भएको हुनसक्ने आशंका व्यक्त गर्दै त्यसले इलेक्ट्रिक सक लाग्नसक्ने बताएको छ ।

कम्पनीले आफ्ना ग्राहकहरुको सुरक्षा मुख्य विषय भएको भन्दै कम्पनीले त्यसबाट प्रभावित भएका वाल प्लग एडप्टरहरुलाई नयाँ एडप्टर दिएर निशुल्क साटिदिने बताएको छ ।

कम्पनीले एप्पल यूएसबी पावर एडप्टरहरु भने कुनै समस्या नभएको बताएको छ ।

यो घोषणाले नेपालमा एप्पलका डिभाइस प्रयोग गर्ने ग्राहकहरु पनि प्रभावित हुने संभावना रहेको छ । किनकी नेपालमा आयात हुने एप्पलका डिभाइसहरु अधिकांश सिंगापुरबाट आयात गर्ने गरिन्छ र सिंगापुरमा पनि सो एडप्टर साटिदिने कम्पनीले उल्लेख गरेको छ ।

त्यसैले तपाईँले पनि सन् २००३ देखि २०१० को बिचमा कुनै एप्पल डिभाइसहरु किन्नु भएको थियो भने त्यसको प्लगलाई नयाँ प्लगबाट साट्न सकिने छ, त्यो पनि निशुल्क ।