विण्डोज १० भर्सन अपडेट गर्न कम्तिमा ३२जीबी स्टोरेज चाहिने, नत्र हुँदैन अपडेट

Technology Khabar १३ बैशाख २०७६, शुक्रबार

विण्डोज १० भर्सन अपडेट गर्न कम्तिमा ३२जीबी स्टोरेज चाहिने, नत्र हुँदैन अपडेट

काठमाडौं ।

काठमाडौं । माइक्रोसफ्टले विण्डोज १० भर्सन १९०३ प्रयोग गर्नको लागि आवश्यक पर्ने न्यूनतम स्टोरेज तोकेको छ । कम्पनीले ३२ बीट र ६४ बीट विण्डोज दुबैको लागि न्यूनतम आवश्यक स्टोरेजमा वृद्धि गर्दै ३२ जीबी पुर्याएको हो ।

यसअघि कम्पनीले ३२ बीट विण्डोज १० को लागि १६ जीबी र ६४ बिट विण्डोज भर्सनको लागि २० जीबीको न्यूनतम स्टोरेज तोकेको थियो ।

यसअघिको न्यूनतम आधारअनुसार हार्डवेयर निर्माताहरुले न्यूनतम स्टोरेज राखेर डिभाइस बनाउने गर्दथे जसले गर्दा अन्तत सो डिभाइस किन्ने उपभोक्ताहरुले प्रयोग गर्ने बेलामा कम स्टोरेज मात्र हुने गर्दथ्यो ।

नयाँ मापदण्डको बारेमा कम्पनीले आफ्नो मिनिमम हार्डवेयर रिक्वायरमेन्टस पेजमा अपडेट गरेर जानकारी दिएकोछ । यसका साथै कम्पनीले विण्डोज १० को नयाँ अपडेटको बारेमा पनि जानकारी दिएको छ, जून आउँदो मे महिनामा रिलिज हुनेछ ।

easy care

प्रकाशित: १३ बैशाख २०७६, शुक्रबार