Technology Khabar १३ बैशाख २०७६, शुक्रबार
काठमाडौं ।
काठमाडौं । चिनियाँ टेक कम्पनी साओमीले इलेक्ट्रिक बाइक लन्च गरेको छ । कम्पनीले हिमो टि वान (Himo T1) नामक इलेक्ट्रिक बाइक ल्याएको हो जसलाई साओमीले फण्ड गर्ने गर्दछ ।
चिनियाँ ब्राण्डको यो इलेक्ट्रिक बाइकमा मल्टी फंगशन कम्बिनेशन स्विच, स्टार्ट बटन तथा इलेक्ट्रोनिक डिस्प्ले राखिएको छ ।
हाल क्राउण्ड फण्डमा मात्र उपलब्ध भएको सो बाइक चीनमा जुन ४ तारिखदेखि बिक्री शुरु हुनेछ ।
हिमो टि वान इलेक्ट्रिक बाइकमा कम्पनीले १४,००० एमएएचको ब्याट्री प्याक राखेको छ र यसलाई एक पटक चार्ज गर्दा १२० किलोमिटरसम्म गुड्नेछ ।
यो बाइकमा ३५० वाटको ब्रशलेस परमानेन्ट म्याग्नेट मोटर जडान गरिएको छ र यसले हाई एण्ड परफरमेन्स दिने कम्पनीको दाबी छ ।
यो इलेक्ट्रिक बाइकमा ड्यूल ब्रेक सिस्टम छ, जसमध्ये फ्रन्टमा हाइड्रोलिक डिस्क ब्रेक तथा रियरमा ड्रम ब्रेक सिस्टम प्रयोगगरिएको छ । कम्पनीकाअनुसार यसलाई ४८ भोल्टद्धारा चार्ज गर्न सकिन्छ ।
हिमो टि वानमा १०,००० सिडी ब्राइटनेस भएको हेडल्याम्प छ, जसले १५ मिटरसम्म उज्यालो प्रदान गर्दछ भने लो बीममा ५ मिटरसम्म उज्यालो दिन्छ ।
यो इलेक्ट्रिक बाइकको तौल केबल ५३ किलोग्राममा मात्र छ भने यो तीनवटा रंगहरु रेड, ग्रे र ह्वाइट मा उपलब्ध हुनेछ ।
हेर्दाखेरी यो मोपेड जस्तै देखिन्छ भने कम्पनीले यसलाई चीनभन्दा बाहिरको बजारमा बिक्री गर्दछ वा गर्दैन भन्ने केहि जानकारी छैन् ।
कम्पनीले यो इलेक्ट्रिक बाइकको मूल्य चीनमा २,९९९ यूआन तोकेकोछ ।
प्रकाशित: १३ बैशाख २०७६, शुक्रबार