फक्सवागनले इलेक्ट्रिक भेहिकल निर्माण गर्ने, चीनमा ७५० मिलियन डलर लगानी

Technology Khabar १२ बैशाख २०७६, बिहीबार

फक्सवागनले इलेक्ट्रिक भेहिकल निर्माण गर्ने, चीनमा ७५० मिलियन डलर लगानी

काठमाडौं । जर्मन अटोमेकर कम्पनी फक्सवागन एजीले चीनमा इलेक्ट्रिक भेहिकल उत्पादन गर्न चिनियाँ कम्पनीसँग मिलेर नयाँ फ्याक्ट्रीमा लगानी गरेको छ ।

फक्सवागनले चीनको एनहुई जिआनझुई अटोमोबिल कम्पनी(जेएसी) सँग संयुक्त लगानीमा ५.०६ बिलियन यूआन अर्थात करिब ७५०.८ मिलियन अमेरिकी डलरमा नयाँ फ्याक्ट्री बनाउने भएको हो । हालै सो लगानीको बारेमा पूर्वी हेईफेई सिटीले जानकारी दिएको छ ।

हेईफेई इकोनोमी एण्ड टेक्नोलोजीकल डेभलपमेन्ट एरियाले अनलाइनमा राखेको जानकारीअनुसार फक्सवागन र जेएसीले वातावरणिय अधिकारीहरुबाट प्लान्ट बनाउनका लागि अनुमति पाईसकेका छन् ।

कम्पनीले सो प्लान्टबाट प्रतिवर्ष १ लाख वटा अल इलेक्ट्रिक ब्याट्री कारहरु उत्पादन गर्नेछ । फक्सवागनले सो लगानीको बारेमा थप पुष्टि गर्दै छिटै आफ्नो पहिलो मोडल लन्च गर्ने बताएको छ ।

कम्पनीले पहिलो इलेक्ट्रिक कार मोडल ई२०एक्स यो वर्षभित्रै लन्च गर्ने जानकारी दिएको छ । जर्मन अटोमेकरले चीनको मूख्य भूमि र हंगकंगमा गरेर सन् २०१८मा ४२ लाख १० हजार वटा कारहरु बिक्री गरेको थियो ।

फक्सवागनले आगामी १० वर्षभित्र २ करोड २० लाख इलेक्ट्रिक कारहरु उत्पादन गर्ने योजना रहेको बताएको छ । जसमध्ये सो नयाँ फ्याक्ट्रीबाट चीनमा मात्रै लक्ष्यको आधा भन्दा धेरै उत्पादन गर्नेछ । कम्पनीले यो वर्ष चीनमा मात्रै १४ वटा नयाँ इनर्जी भेहिकल उत्पादन गर्ने योजना लिएको छ ।

दुबै कम्पनीको यो संयुक्त परियोजनाले सन् २०२० देखि २०२१ भित्र सीट ब्राण्ड समेत लन्च गर्ने योजना राखिएको छ ।

TK Viber

प्रकाशित: १२ बैशाख २०७६, बिहीबार

Loading...