हरायो अनरको प्रोटोटाइप स्मार्टफोन, भेट्नेले फिर्ता गरे सवा ६ लाख रुपैयाँ पाउने

Technology Khabar १२ बैशाख २०७६, बिहीबार

हरायो अनरको प्रोटोटाइप स्मार्टफोन, भेट्नेले फिर्ता गरे सवा ६ लाख रुपैयाँ पाउने
Global IME Bank

काठमाडौं ।

काठमाडौं । अधिकांश स्मार्टफोन हराएको घट्ना समाचारमा आउने गर्दैन् । दैनिकरुपमा हजारौं स्मार्टफोनहरु हराउने गर्दछ । तर कुनै विशेष स्मार्टफोन हराउँदा भने त्यो घट्नाले समाचारको प्रमुख स्थान हात पार्छ ।

हालै त्यस्तै घट्ना भएको छ चिनियाँ स्मार्टफोन मेकर ह्वावेको सब ब्राण्ड अनरको स्मार्टफोन हराउँदा ।

कम्पनीको प्रोटोटाइप स्मार्टफोन हालै हराएको छ, जसको लागि कम्पनीले भेट्नेलाई पुरस्कारको समेत घोषणा गरेको छ ।

प्रोटोटाइप स्मार्टफोन कुनैपनि कम्पनीले आफ्नो पूर्णरुपको स्मार्टफोन बनाउनुभन्दा पहिले तयार पारिने कन्सेप्ट डिजाइन हो । यो फोनमा आवश्यक टेस्टिंगपछि मात्र ठूलो मात्रामा सोहि स्मार्टफोन उत्पादन गरिन्छ ।

कम्पनीले हालै आफ्नो यस्तै प्रोटोटाइप स्मार्टफोन हराएको जानकारी ट्वीट गरेर दिएको छ भने भेट्नेलाई पुरस्कार समेत दिने भएको छ ।

अनरको ट्वीटअनुसार कम्पनीले जर्मनीमा कर्मचारीले गलतीले डसलडर्फदेखि म्यूनिखसम्म यात्रा गर्दा सो बिचमा संचालन हुने ट्रेन आईसीई ११२५ मा गएको अप्रिल २२ तारिखका दिन कम्पनीको प्रोटोटाइप स्मार्टफोन हराएको हो ।

अनरले सो प्रोटोटाइप स्मार्टफोन फिर्ता गर्ने व्यकितलाई ५००० यूरो अर्थात करिब ६ लाख २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा समेत गरेको छ । कम्पनीले सो डिभाइस एउटा ग्रे कलरको प्रोटेक्टिभ केसमा राखिएको र जसले रियर डिजाइन र क्यामरालाई कभर गर्ने बताएको छ ।

कम्पनीले अहिले हराएको सो स्मार्टफोनको प्रोटोटाइप आगामी महिना लन्च गर्न लागेको अनर २० सिरिजको स्मार्टफोन भएको अनुमान गरिएको छ । किनकी अनरले मे २१ मा लण्डनमा अनर २० सिरिज सार्वजनिक गर्ने तयारी गरिरहेको थियो । त्यसैले कम्पनीले आफ्नो हरेक उपायद्धारा सो हराएको प्रोटोटाइप स्मार्टफोन खोज्न लागेको अनुमान छ ।

कम्पनीले मोबाइल फोन बनाउनुभन्दा पहिले त्यसको प्रोटोटाइप बनाएर कर्मचारीहरुमार्फत परिक्षण गर्ने गर्दछ जुन फोन विशेष केसमा राखिएको हुन्छ ।

प्रोटोटाइप स्मार्टफोन हराएको यो पहिलो पटक भने होईन् । यसअघि पनि एप्पलको आइफोन ४ को प्रोटोटाइप एउटा पबमा हराएको थियो भने गूगलको पिक्सेल ३ एक्सएल पनि लन्च हुनुभन्दा अगाडि एउटा ट्याक्सी क्याबमा भेटिएको थियो ।

Sajilo Visa

प्रकाशित: १२ बैशाख २०७६, बिहीबार

तपाइको प्रतिक्रिया