सिजीले ल्यायो नयाँ फ्यान र कुलर, विभिन्न रंग र डिजाइनमा उपलब्ध

काठमाडौं । सिजीले विभिन्न प्रकारका फ्यान र कुलरहरु नेपाली बजारमा ल्याएको छ । कम्पनीले बढ्दो गर्मीलाई मध्यनजर गर्दै सिलिङ, टेबल, स्टाण्ड र अल पर्पोज फ्यानहरु नेपाली बजारमा ल्याएको हो । कम्पनीले ल्याएका उक्त सिलीङ फ्यान विभिन्न स्वरुप र रंगहरुमा उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको फ्यानमा यसमा प्रयोग गरिएको ब्लेडहरु आकर्षक डिजाईन र रंगहरुमा उपलब्ध भएको र गति अरु फ्यानको तुलनामा बढी रहेको जानकारी दिएको छ ।

यस्तै स्ट्याण्ड फ्यानहरु पनि विभिन्न आकर्षक रंग र डिजाईनमा उपलब्ध छन जसमा रिमोट पनि भएकोले सजिलै चलाउन सकिने बताईएको छ।

कम्पनीले विभिन्न मोडलहरु र सस्तो बजेटमा कुलरहरु पनि बजारमा ल्याएको छ । कुलरमा आईस च्याम्बर, पावरफुल मोटर, बढी क्षमताको पानी ट्याङकी जस्ता अरुपनि धेरै विशेषताहरु रहेको कम्पनीले जनाएको छ।