Technology Khabar १२ बैशाख २०७६, बिहीबार
काठमाडौं ।
काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर भीभोले हालै बजारमा लन्च गरेको नयाँ स्मार्टफोन भीभो भी १५को मूल्य भारतीय बजारमा घटाएको छ । कम्पनीले भारतमा सो स्मार्टफोन लन्च गरेको करिब १ महिनामा नै मूल्य घटाएको हो ।
भीभोले भारतमा मात्रै भीभो भी १५ को मूल्यमा भारु २ हजार अर्थात ३,२०० रुपैयाँ मूल्य कटौती गरेको हो ।
कम्पनीले यसअघि सो स्मार्टफोन भारतमा २३,९९० भारुमा सार्वजनिक रहेको थियो । सो नयाँ मूल्य ६जीबी र्याम र ६४ जीबी स्टोरेज भेरिएन्टमा मा लागू हुने बताईएको छ । कम्पनीले सो भर्सनलाई रोयल ब्लू, ब्ल्याक र रेड कलर भेरिएन्टमा ल्याएको थियो ।
भी १५ लाई कम्पनीको भी १५ प्रोको सस्तो भेरिएन्ट भनेर चिनिन्छ जसलाई भीभो भी १५ प्रोको टोन डाउन भर्सन भन्ने गरिन्छ ।
भी १५ मा ६.५३ इन्चको स्क्रीन राखिएको छ भने मिडिया टेक हेलियो पी ७० अक्टाकोर चीपसेट प्रयोग गरिएको छ ।
फोनमा फोटोका लागि १२ प्लस ८ प्लस ५ मेगापिक्सेको रियर क्यामरा सेटअप छ भने सेल्फीका लागि ३२ मेगापिक्सेलको पप अप क्यामरा राखिएको छ । यसमा ४,००० एमएएचको ब्याट्री तथा ड्यूल इन्जन फास्ट चार्जिंग सपोर्ट रहेको छ ।
कम्पनीले छिमेकी मुलुक भारतमा भीभो भी १५ कोमूल्य घटाएसँगै नेपाली बजारमा पनि कटौती गर्ने अनुमान गर्न सकिन्छ । कम्पनीले नेपाली बजारमा अहिलेसम्म कुनै मूल्य कटौतीको घोषणा गरेको छैन तर भविश्यमा भारतकोमूल्यसँग मिलाउने गरि नयाँ मूल्य ल्याउन सक्दछ ।
नेपाली बजारमा भीभो भी १५ को बजार मूल्य ४१ हजार ९९० रुपैयाँमा उपलब्ध रहेको छ । अब भारतमा तोकिएको नयाँ मूल्यको आधारमा हेर्दा नेपाली बजारमा ६ हजार ८ सय रुपैयाँ महंगो बजार मूल्य पर्ने देखिन्छ ।
प्रकाशित: १२ बैशाख २०७६, बिहीबार