एलजीले दक्षिण कोरियाको मोबाइल फोन प्लान्ट बन्द गर्ने, लागत कटौती गर्ने तयारीमा

Technology Khabar १२ बैशाख २०७६, बिहीबार

एलजीले दक्षिण कोरियाको मोबाइल फोन प्लान्ट बन्द गर्ने, लागत कटौती गर्ने तयारीमा
Global IME Bank

काठमाडौं ।

काठमाडौं । दक्षिण कोरियाली टेक कम्पनी एलजी इलेक्ट्रोनिक्स निकै समयदेखि आफ्नो स्मार्टफोन क्षेत्रमा संघर्ष गरिरहेको छ । कम्पनीले स्मार्टफोन बजारमा आफ्नो ससक्त उपस्थिती बनाउन नसक्दा विभिन्न बजारबाट हराउँदै गएको छ । यहि कारणले कम्पनीले अब आफ्नो कोरियाली उत्पादन प्लान्ट नै बन्द गर्ने भएको छ ।

एलजीले केहि महिना अघि मात्रै आफ्नो चिनियाँ स्मार्टफोन बजारमा प्रतिस्पर्धा गर्न नसक्दा हटेको घोषणा गरेको थियो । अब भने कम्पनीले आफ्नो गृह देश दक्षिण कोरियाको स्मार्टफोन उत्पादन प्लान्ट पनि रोक्ने भएको छ।

कोरियाली समाचार एजेन्सी योन्हाप न्यूज एजेन्सीकाअनुसार एलजीले आफ्नो कोरियन प्लान्ट बन्द गरेर त्यो उत्पादन प्लान्टलाई भियतनाममा भएको प्लान्टमा सार्ने भएको छ ।

सो समाचार स्रोतकाअनुसार कम्पनीले आफ्नो उत्पादन मूल्यमा कटौती गर्न आवश्यक भएको हुँदा दक्षिण कोरियाबाट आफ्नो उत्पादन प्लान्ट हटाएको हो । तर हालसम्म सो बारेमा कम्पनीले आधिकारिकरुपमा भने केहि भनेको छैन् ।

पछिल्ला वर्षहरुमा एलजीले निरन्तर स्मार्टफोन व्यवसायमा घाटा बेहोरिरहेको छ । एलजीले हाई इण्डमा एप्पल र सामसंग, मिड रेन्जमा साओमी र ह्वावेसँग प्रतिस्पर्धा गर्नुपरेको छ भने सस्तो स्मार्टफोन बजारमा विभिन्न चिनियाँ कम्पनीहरुको बचश्र्व रहँदै आएको छ ।

एलजीले स्मार्टफोन उत्पादनको लागि दक्षिण कोरिया, चीन, भियतनाम, ब्राजिल र भारतमा उत्पादन आधार बनाउँदै आएको छ । दक्षिण कोरियाली प्लान्टबाट विशेषगरि उच्चतहका स्मार्टफोन मोडलहरु बनाउँदै आएको छ जसले १० देखि २० प्रतिशत कम्पनीको स्मार्टफोन उत्पादनमा योगदान गरिरहेको छ ।

स्रोत

Sajilo Visa

प्रकाशित: १२ बैशाख २०७६, बिहीबार

तपाइको प्रतिक्रिया