बेलायतमा ह्वावेलाई फाइभजी नेटवर्क निर्माणमा सिमित अनुमति प्रदान

Technology Khabar ११ बैशाख २०७६, बुधबार

बेलायतमा ह्वावेलाई फाइभजी नेटवर्क निर्माणमा सिमित अनुमति प्रदान

काठमाडौं ।


काठमाडौं । बेलायतले ह्वावेलाई फाईभजी नेटवर्क निर्माण गर्न सिमित अनुमति दिएको छ । बेलायती प्रधानमन्त्री थेरेसा मेले चीनको विवादास्पद दूरसञ्चार प्रविधि कम्पनी ह्वावेलाई पाँचौं पुस्ताको दूरसञ्चार सेवा निर्माण गर्न अनुमति दिएकी हुन ।

बेलायती अखबार डेली टेलिग्राफका अनुसार प्रधानमन्त्री मेले मन्त्रिपरिषदका वरिष्ठ सदस्यहरु र अमेरिकाबाट सुरक्षा खतरा देखाइए पनि त्यसलाई बेवास्ता गर्दै प्रधानमन्त्रीले ह्वावेको सेवा लिन मन्जुरी दिएकी हुन ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय सुरक्षा परिषदको बैठकले चिनियाँ कम्पनीलाई एन्टेनाजस्ता सहायक पूर्वाधारहरु निर्माण गर्न सीमित अनुमति दिएको टेलिग्राफले जनाएको छ ।

प्रधानमन्त्रीको प्रस्तावमाथि गृहमन्त्री साजिद जाभिद, विदेशमन्त्री जेरेमी हन्ट, रक्षामन्त्री ग्याभिन विलियम्सन, अन्तर्रा्ष्ट्रिय व्यापारमन्त्री लियाम फक्स र अन्तर्रा्ष्ट्रिय विकासमन्त्री पेन्नी मोर्डन्टले चासो देखाएका थिए । अमेरिकाले ह्वावेको ५जी प्रविधिलाई प्रतिबन्ध लगाएको छ । अमेरिकाले आफ्ना गठबन्धनका मुलुकहरु अस्ट्रेलिया, बेलायत, क्यानाडा र न्यूजील्यान्डलाई पनि ह्वावेको दूरसञ्चार सेवा नलिन निरन्तर दबाब दिँदै आएको छ ।

युरोपका अर्थतन्त्र खासगरी ऊर्जा, यातायात, बैंकिङ र स्वास्थ्य सेवाका तथ्याङ्कीय विवरणहरु ह्वावेमार्फत तिब्र गतिको इन्टरनेटबाट चीनले लैजाने अमेरिकी भनाई छ । ह्वावेले अमेरिकी आरोपको लगातार खण्डन गरिरहेको छ ।

Global Bank
easy care

प्रकाशित: ११ बैशाख २०७६, बुधबार

ताजा समाचार