Technology Khabar ११ बैशाख २०७६, बुधबार
काठमाडौं ।
काठमाडौं । साओमीले आफ्नो प्रिमियम टिभीको नयाँ लाइनअप लन्च गरेको छ । कम्पनीले ६५ इन्चको एमआई मुरल टिभी पनि लन्च गरेको छ जुन हेर्दा वालपेपरको जस्तै देखिन्छ । यसअघि कोरियन कम्पनी एलजीले वालपेपर टिभी लन्च गरेको छ ।
एमआई मूरल टिभी अल्ट्रा थीन वालपेपरको जस्तै देखिन्छ जसलाई पर्खालमा राख्दा पेन्टिंगको जस्तो देखिन्छ ।
यो नयाँ टिभीको मोटाई केबल १३.९ एमएमको मात्र छ । कम्पनीले यो टिभीका साथै अन्य एमआई टिभी हालै चीनमा लन्च गरेको छ ।
एमआई मूरल टिभी फ्ल्याट टिभीको जस्तो देखिन्छ जसमो स्पीकर्स, मदरबोर्ड र पावर सप्लाई यूनिटलाई बटम प्यानलमा राखिएको छ । यो टिभीमा कम्पनीले सामसंगको फोरके डिस्प्ले प्रयोग गरेको छ ।
६५ इन्चको यो टिभीमा २ जीबी र्याम र ३२ जीबी स्टोरेज राखिएको छ भने यसमा १.८ गीगाहर्जको एमलोजिक क्वाड कोर प्रोसेसर राखिएको छ ।
कनेक्टिभिटीका लागि यसमा २.४जी र ५जी वाईफाई, ब्लूटूथ ४.२ एचडीएमआई पोर्ट र यूएसबी पोर्टस राखिएको छ।
टिभीमा डल्बी ताथ डिटिएस एचडी सपोर्टका साथ अतिरिक्त ६ च्यानल साउण्डबार तथा सबवूफरको सपोर्ट पनि छ ।
कम्पनीले यसबाहेक ३२ इन्च, ४३ इन्च, ५५ इन्च र६५ इन्चमा विभिन्न एमआई टिभी लन्च गरेको छ । नयाँ एमआई टिभी मोडल्स सबैमा अल्ट्रा स्लिम बेजल्स दिईएको छ । र यसमा भ्वाइस कमाण्डका साथ ब्लूटूथ सपोर्ट गर्ने रिमोट कन्ट्रोल पनि उपलब्ध छ । यी टिभीहरु २ जीबी देखि ८ जीबीसम्मको आन्तरिक स्टोरेजमा उपलब्ध हुनेछ ।
कम्पनीले ल्याएको ६५ इन्चको एमआई मुरल टिभीको बजार मूल्य चीनमा ६,९९९ यूआन अर्थात करिब १ लाख १९ हजार रुपैयाँ तोकिएको छ ।
साओमीले सन् २०१८ मा मात्रै ८४ लाख यूनिट टिभीहरु विश्व बजारमा बिक्री गरेको छ जून अघिल्लो वर्षको तुलनामा २२५ प्रतिशतले बढि भएको उल्लेख गरेको छ ।
प्रकाशित: ११ बैशाख २०७६, बुधबार