अनुमति बिना ड्रोन प्रयोग गरे पर्वतारोहीका साथै एजेन्सीलाई पनि कारबाही

Technology Khabar ११ बैशाख २०७६, बुधबार

अनुमति बिना ड्रोन प्रयोग गरे पर्वतारोहीका साथै एजेन्सीलाई पनि कारबाही
सांकेतिक

काठमाडौं ।

काठमाडौं । पर्वतारोहणमा गएका व्यक्तिहरुले अनुमति बिना ड्रोन उडाएमा पर्वतारोहीका साथै एजेन्सी कम्पनीहरुलाई पनि कारबाही गर्ने भएको छ ।

पर्यटन विभागले हालै सार्वजनिक सूचना जारी गर्दै सन् २०१९ को वसन्त क्रृतुमा विभागबाट पर्वतारोहणका लागि आरोहण अनुमति लिई पर्वतारोहणमा गएका आरोहीहरुले अनुमति नलिई ड्रोन प्रयाोग गरिरहेको भेटिएको भन्दै त्यस्तो गरेमा एजेन्सीलाई समेत कारबाही गर्ने भएको छ ।

सरकारले ड्रोन प्रयोगको लागि अनुमति लिनुपर्ने प्रावधान राखेको छ जसको लागि नागरिक उड्डउन प्राधिकरणबाट अनुमति लिनुपर्ने हुन्छ । यसअघि अनुमति नलिई ड्रोन प्रयोग गर्ने सम्बन्धित व्यक्तिलाई मात्र कारबाही हुने र ड्रोन जफल हुने गरेको थियो ।

विभागले ड्रोन प्रयोग सम्बन्धी अनुमति नलिई प्रयोग गरिएका ड्रोन सगरमाथा राष्ट्रिय निकुन्जले जफत गरिरहेको जानकारी दिएको छ ।

अब भने अनुमति नलिई ड्रोन प्रयोग गर्ने पर्वतारोहीका साथसाथै उनीहरुलाई व्यवस्थित गर्ने ट्राभल/ट्रेकिंग तथा पर्वतारोहणसम्बन्धी काम गर्ने एजेन्सीहरुलाई पनि कारबाही गरिने भएको हो ।

‘आफू अन्तरगत रहेर आरोहण अनुमति लिएका पर्वतारोहीलाई अनुमति नलिई ड्रोन प्रयोग गर्न/गराउन दिइएको पाईएमा ड्रोन प्रयोगकर्ता पर्वतारोही र सम्बन्धित एजेन्सीलाई समेत प्रचलित कानून बमोजिम कारबाही गरिनेछ,’ सूचनामा भनिएको छ ।

easy care

प्रकाशित: ११ बैशाख २०७६, बुधबार