एप्पलको ५जी आइफोनमा क्वालकम र सामसंगको चीपसेट, २ करोड आइफोन बेच्ने

Technology Khabar ११ बैशाख २०७६, बुधबार

एप्पलको ५जी आइफोनमा क्वालकम र सामसंगको चीपसेट, २ करोड आइफोन बेच्ने

काठमाडौं ।

काठमाडौं । पछिल्ला चरणमा विभिन्न स्मार्टफोन मेकर कम्पनीहरु आफ्नै ५जी फोन बनाउन लागिरहेका छन् । सामसंगले हालै आफ्नो फाइभजी फोन सार्वजनिक गरेसँगै अन्य कम्पनीहरुपनि फाइभजी स्मार्टफोन ल्याउने तरखरमा छन् ।

यसैबिच एप्पलले आफ्नो ५जी आइफोनको लागि दुईवटा कम्पनीसँग चीप लिने भएको रिपोर्ट बाहिर आएको छ । आइफोनले क्वालकम र सामसंग दुबै कम्पनीहरुसँग आफ्नो ५जी स्मार्टफोनको लागि आवश्यक पर्ने ५जी बेसब्याण्ड चीप्स लिने भएको रिपोर्ट आएको छ ।

एप्पलले यसअघि क्वालकमसँग महिनौं लामो पेटेन्ट रोयल्टी बिवाद समाधान गरेपछि ५जी चीप्सको लागि पनि बाटो खुलेको थियो तर विश्लेषक मिंग ची कुओकाअनुसार भने कम्पनीले आफ्नो ५जी आइफोनको लागि सामसंग र क्वालकम दुबैसँग लिनेछ ।

विश्लेषक कुओले दुबै आपूर्तिकर्ता छनौट गरिनुमा ती प्रमिख कार्यहरु हुने बताए । उनकाअनुसार न्यून आपूर्ति जोखिम, न्यून लागत र एप्पलका लागि अधिक बार्गेनिंग पावर हुनु हो ।

एप्पलले सन् २०२० मा आफ्नो ५जी आइफोन ल्याउने अपेक्षा गरिएको छ जसमा क्वालकम र सामसंगको मोडल प्रयोग हुनेछ ।

एप्पलले क्वालकमको चीप्स भएको ५जी आइफोन एमएमवेभ स्पेक्ट्रम ५जी भएको बजारका लागि ल्याउने छ भने सामसंगको चीप्स भएको ५जी आइफोन सब ६गीगाहर्ज मार्केटहरुका लागि लन्च गर्ने अनुमान छ ।

त्यसगरि कम्पनीले सन् २०२० मा १९५ देखि २०० मिलियन आइफोनहरु बजारमा पठाउने अनुमान गरिएको छ र यस्तो अनुमान सन् २०१९ को लागि भने केबल १८८ देखि १९२ मिलियन आइफोन सेट मात्र रहने अनुमान छ ।

easy care

प्रकाशित: ११ बैशाख २०७६, बुधबार

ताजा समाचार

स्मार्ट बोर्डबाट पठनपाठन सुरु

  • Technology Khabar
  • १३ बैशाख २०८१, बिहीबार