रिटेल स्टोर लेबल डिजिटल प्लेटफर्ममा, ब्राण्डेड सामाग्री अनलाइनबाट बेच्ने

Technology Khabar ११ बैशाख २०७६, बुधबार

रिटेल स्टोर लेबल डिजिटल प्लेटफर्ममा, ब्राण्डेड सामाग्री अनलाइनबाट बेच्ने

काठमाडौं ।

काठमाडौं । रिटेल स्टोर लेबल स्टोर प्रालिले अब डिजिटल प्लेटफर्मबाट सामाग्रीहरु बिक्री गर्ने भएको छ । यसअघि रुट्स फेसनको नाममा संचालन हुँदै आएको लेबल स्टोरले आफ्नो अनलाइन प्लेटफर्म लेबल डटकम डटएनपी लन्च गरेकोछ ।

कम्पनीले सो डिजिटल प्लेटफर्मबाट नेपालमा उपलब्ध हुने अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादनहरु बिक्री गर्ने जानकारी दिएको छ । हाल कम्पनीले आफु आधिकारिक बिक्रेता भएका ब्राण्डहरु एडिड्यास, रिबोक, लिभाइज, फिटबिट, क्यूब बाइकलगायतका उत्पादनहरु अनलाइनमार्फत बिक्री गर्ने भएको हो ।

कम्पनीले सो अनलाइनबाट ग्राहकहरुले अर्डर गरेपछि काठमाडौं उपत्यकाभित्र हालका लागि निशुल्क डेलिभरीको सेवा दिने कम्पनीकी मार्केटिंग अफिसर स्नेहा केयलले बताईन् ।

हाल पहिलो चरणमा २२ वटा स्थानहरुमा सिधै डेलिभरी दिने र ग्राहकहरुले अनलाइन भुक्तानी गरेर सामाग्री किन्न सकिने जानकारी कम्पनीले दिएको छ ।

यसका साथमा कम्पनीले अनलाइन खरिदलाई प्रोत्साहन गर्ने उद्धेश्यले लोयल्टी प्रोग्राम अन्तरगत लेबल्स क्वाइन पनि दिने भएको छ ।

कम्पनीले अनलाइन भुक्तानीको लागि इसेवामार्फत भुक्तानी गर्न सकिने जानकारी दिएको छ ।

Sajilo Visa

प्रकाशित: ११ बैशाख २०७६, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार