सामसंग ग्यालेक्सी फोल्डको प्रिअर्डर रोकियो, डिभाइसको समस्याबारे अनुसन्धान गर्ने

Technology Khabar १० बैशाख २०७६, मंगलवार

सामसंग ग्यालेक्सी फोल्डको प्रिअर्डर रोकियो, डिभाइसको समस्याबारे अनुसन्धान गर्ने
Global IME Bank

काठमाडौं ।

काठमाडौं । विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माता कम्पनी सामसंगले आफ्नो फोल्डेबल स्मार्टफोनको बजारमा उपलब्धता गराउनु अगाडि निकै समस्या भोगिरहेको छ । कम्पनीले केहि समयअघि देखाएको तर बजारमा नआईसकेको फोल्डेबल फोन ग्यालेक्सी फोल्डमा विभिन्न समस्याहरु आएपछि कम्पनीले त्यसको लन्च योजना रोकेको छ ।

सो स्मार्टफोनको बजार प्रबद्र्धन गर्न कम्पनीले चर्चित कलाकार, पत्रकार तथा सेलेब्रेटीहरुलाई सो स्मार्टफोन पठाएको थियो । तर सो स्मार्टफोन प्रयोगको केहि दिनमा नै प्रयोगकर्ताहरुले समस्या भोगेपछि हाल त्यसको बजार लन्च स्थगित गरिएको हो । कम्पनीले यसलाई अनिश्चित कालसम्मका लागि बजार लन्च रोकेको छ ।

अब कम्पनीले ग्यालेक्सी फोल्डमा आएका समस्याहरुलाई सुक्ष्मतरिकाले अनुसन्धान गरेर पत्ता लगाउने बताएएको छ । ग्यालेक्सी फोल्ड प्रयोग गरिरहेको बेला अचानक फोन कालो हुने, डिस्प्ले हराउनेजस्ता घट्ना भएका थिए । केहि घट्नाहरुमा सो फोनका रिभ्यूगर्नेहरुले डिस्प्लेमा राखिएको पातलो फिल्मको लेयर च्यातेका थिए जसले गर्दा समस्या देखिएको थियो ।हालसम्म के कारणले यस्तो हुन पुग्यो भन्ने जानकारी छैन् ।

सामसंगले ग्यालेक्सीफोल्ड प्रि अर्डर गरेका ग्राहकहरुलाई सो डिभाइस ढिला पठाउने जानकारी दिईसकेको छ । कम्पनीले सबैलाई ईमेल पठाउँदै आविश्कारिक टेक्नोलोजी प्रि अर्डरको लाइनमा रहेको र थप २ साताभित्र स्पष्ट हुने जानकारी दिएको छ । एजेन्सी

Sajilo Visa

प्रकाशित: १० बैशाख २०७६, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार