ओपो एफ११ प्रो नेपालमा सार्वजनिक, बजार मूल्य ४७ हजार ९९० रुपैयाँ

Technology Khabar १० बैशाख २०७६, मंगलवार

ओपो एफ११ प्रो नेपालमा सार्वजनिक, बजार मूल्य ४७ हजार ९९० रुपैयाँ

काठमाडौं । स्मार्टफोन ब्राण्ड ओपोले आफ्नो एफ सिरिज पोर्टफोलियो अन्तर्गत नेपालमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ ।

कम प्रकाश भएका स्थानमा समेत उत्कृष्ट तस्विर खिच्ने क्षमता लगायत अन्य नवप्रबर्तनात्मक प्रविधि फोनमा समाहित गरिएका छन् । एफ११ प्रोमा उपभोक्तालाई सहज र उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्ने सोचका साथ ४८एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली, राईजिङ क्यामेरा, पानोरामिक स्क्रिनपनि उपलब्ध गरिएका छन् । एफ११ प्रो थण्डर ब्ल्याक र अउरोरा ग्रिन गरी दूई रंगमा उपलब्ध गरिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले एफ११ र एफ११ प्रो मार्भेल्स एभेन्जर्स लिमिटेड एडिसनपनि सार्वजनिक गरेको छ ।

ओपो एफ११ को बजार मूल्य ३७ हजार ९ सय ९० रहेको छ। ओपो एफ११ प्रोको बजार मूल्य ४७ हजार ९ सय ९० रुपैयाँ छ भने ‘ओपो मार्बेल्स’को बजार मूल्य ४९ हजार ९ सय ९० रुपैयाँ रहेको निर्धारण गरिएको छ ।

कम्पनीकाअनुसार सबै फोनका लागि अप्रिल २३ देखि २८ सम्म प्रि-अर्डर अवधि तोकिएको छ ।

सार्वजनिक सबै फोनहरु अप्रिल २९देखि सर्वत्र बजारमा उपलब्ध हुने कार्यक्रममार्फत जानकारी दिइएको छ ।

प्रकाशित: १० बैशाख २०७६, मंगलवार

Comments are closed.

Loading...