सुजुकीको अफर: गुडदै नगुड्ने मोटरसाईकल/स्कुटरलाई न्यूनतम ३० हजार मूल्य

Technology Khabar ९ बैशाख २०७६, सोमबार

सुजुकीको अफर: गुडदै नगुड्ने मोटरसाईकल/स्कुटरलाई न्यूनतम ३० हजार मूल्य

काठमाडौं ।

काठमाडौं । सुजुकी इण्डिया द्धारा उत्पादित विश्व प्रसिद्ध जापानिज ब्राण्डको मोटरसाईकल तथा स्कुटर नेपालका लागि आधिकारिक बिक्रेता भिजी अटोमोबाईल्स प्रालिले आफना ग्राहकहरुको मागलाई मध्यनजर गर्दै यहि बैशाख ९ गते देखि १५ गते सम्म नेपाल अधिराज्यभर यस प्रालिको आधिकारिक शोरुमहरुमा सुजुकी मेगा एक्सचेज मेला सुरु गरेकोछ ।

यस योजना अन्तर्गत कुनै पनि ब्राण्डका मोटरसाईकल वा स्कुटर एक्सचेज गरि सुजुकीको नयाँ मोटरसाईकल वा स्कुटर खरिद गर्न सकिनेछ। यस अन्तर्गत गुडदै नगुड्ने मोटरसाईकल वा स्कुटरलाई न्यूनतम रु ३०,०००/- तथा चालु अवस्थामा रहेका मोटरसाईकल वा स्कुटरलाई बजार मुल्य भन्दा थप रु १५,०००/- प्रदान गरिने सथै नयाँ खरिदमा आकर्षक छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

पछिल्लो समय यूवा पुस्ता आकर्सित भईरहेको सुजुकी मोटरसाईकल तथा स्कुटरले राम्रो माईलेज दिने तथा अत्याधिक बलियो भएको तथा सुजुकीको नयाँ मोटरसाईकल वा स्कुटरमा ५ बर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ९ बैशाख २०७६, सोमबार

ताजा समाचार