रियलमी ३प्रो स्मार्टफोन सार्वजनिक, फास्ट चार्जिंग र २५ मेगापिक्सेल सेल्फी क्यामरा

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड रियलमीले आफ्नो नयाँ स्मार्टफोन रियलमी ३ प्रो सार्वजनिक गरेको छ । कम्पनीले हालै भारतमा विशेष कार्यक्रमका बिच रियलमी ३ प्रो तथा रियलमी सी २ सार्वजनिक गरेको हो ।

रियलमी ३ प्रोमा ६.३ इन्चको फूलएचडी प्लस आईपीएस स्क्रीन राखिएको छ भने यसलाई कोर्निंग गोरिल्ला ग्लास फाइभद्धारा सुरक्षित बनाईएको छ । फोनमा वाटरड्रप नोच फीचर रहेको छ ।

क्वालकम स्न्यापड्रागन ७१० चीपसेट प्रोसेसर राखिएको यो स्मार्टफोनमा एड्रिनो ६१६ जीपीयू रहेको छ । एन्ड्रोयड पाई ९.० मा आधारित कलरओएस ६.० भर्सनमा संचालन हुने यो स्मार्टफोन दुई स्टोरेज भेरिएन्टमा उपलब्ध हुनेछ ।

फोटोग्राफीका लागि यो स्मार्टफोनमा २५ मेगापिक्सेलको सेल्फी क्यामरा राखिएको छ भने ड्यूल मेन क्यामरा सेटअप रहेको छ । जसमा १६ मेगापिक्सेलको प्राइमरी सेन्सर तथा ५ मेगापिक्सेलको सेकेण्डरी सेन्सर रहेको छ ।

फोनमा पावरका लागि ४०४५ एमएएचको ब्याट्री प्याक उपलब्ध छ भने ड्यूल सिम सर्पोट, वाईफाई, ओटीजी, ब्लूटूथ ५.० भर्सन तथा रियर फिंगरप्रिन्ट सेन्सर राखिएकोछ ।

कम्पनीले रियलमी ३ प्रोको ४ जीबी र्याम ६४ जीबी स्टोरेजको मूल्य १३,९९९ भारु तोकेको छ भने ६ जीबी १२८ जीबी र्यामको मूल्य १६,९९९ भारु तोकेको छ ।यो स्मार्टफोन हा भारतमा मात्र उपलब्ध हुनेछ भने अप्रिल २९ देखि फ्लिपकार्टमा किन्न पाईनेछ ।

नेपाली बजारमा हालसम्म यो फोन कहिले आउँछ भन्ने जानकारी छैन तर कम्पनीका एक अधिकारीकाअनुसार केहि समयपछि रियलमी ३ प्रो नेपाली बजारमा आउनेछ ।

नेपालमा जगदम्बा मोबाइलले रियलमी ब्राण्ड आयात तथा बिक्री बितरण गर्ने गर्दछ ।