एचपीको पहिलो १५ इन्च क्रोमबुक, फूल नम्बर प्याड र ब्याकलीट की फीचर

काठमाडौं । पर्सनल कम्प्यूटर निर्माता कम्पनी एचपीले हालै आफ्नो नयाँ क्रोमबुक लन्च गरेको छ ।
कम्पनीले पहिलो पटक १५ इन्चको साइजमा एचपी क्रोमबुक १५ ल्याएको हो जून क्रोम ओएसमा आधारित छ ।

कम्पनीले यसमा फूल कीप्याड दिएको छ भने ब्याकलीट की फीचर राखिएको छ ।

क्रोमबुक ल्यापटपहरु विशेषगरि अन्य विण्डोज ल्यापटपहरुभन्दा सस्ता हुने गर्दछन भने यसमा फीचरहरु पनि कम हुने गर्दछ ।

तर पनि यो ल्यापटपमा १५.६ इन्चको फूलएचडी आईपीएस ब्राइटभ्यू डब्लूएलईडी ब्याकलीट टचस्क्रीन छ जसको रिजोल्यूशन १९२०x१०८० पिक्सेल रहेको छ ।

एचपी क्रोमबुक १५ मा इन्टेल पेन्टियम गोल्ड ४४१७ यू सीपीयू, ४ जीबीको डिडिआर फोर र्याम तथा ६४ जीबीको स्टोरेज राखिएको छ । यसमा इन्टेल एचडी ग्राफिक्स ६१० पनि रहेको छ ।

एचपीले यो नयाँ क्रोमबुकमा निरन्तर १३ घण्टासम्म प्रयोग गर्न सकिने ब्याट्री राखिएको दाबी गरेको छ ।

कनेक्सनका लागि यसमा माइक्रोएसडी कार्ड रिडर, दुईवटा यूएसबी टाइप सी ३.१ पोर्ट तथा एउटा टिपिकल यूएसबी ३.१ पोर्ट रहेको छ ।

यो नयाँ एचपी क्रोमबुक १५ को शुरुवाती बजार मूल्य ४४९ अमेरिकी डलर रहेको छ भने क्लाउड ब्लू र मिनरल सिल्भर कलर अप्सनमा उपलब्ध हुनेछ । हाल अमेरिकी बजारमा मात्र उपलब्ध रहेको यो ल्यापटप अन्य बजारमा पनि पुर्याउने कम्पनीले उल्लेख गरेको छ ।