ह्वावेले पहिलो क्वाटरमा १७९ बिलियन यूआन कमायो, ४० वटा फाइभजी कन्ट्र्याक्ट

Technology Khabar ९ बैशाख २०७६, सोमबार

ह्वावेले पहिलो क्वाटरमा १७९ बिलियन यूआन कमायो, ४० वटा फाइभजी कन्ट्र्याक्ट
NTC_Advt

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेक कम्पनी ह्वावेले सन् २०१९ को पहिलो चौमासिकमा १७९.७ बिलियन यूआन आम्दानी गरेको छ । कम्पनीले हालै यो वर्षको पहिलो चौमासिकमा अघिल्लो सोहि अवधिको तुलनामा ३९ प्रतिशतको वृद्धि गरेको जानकारी दिएको छ ।

कम्पनीले सो अवधिमा खुद नाफा भने ८ प्रतिशत आर्जन गरेको छ, जून कम्पनीकाअनुसार अघिल्लो वर्षको भन्दा केहि बढि हो ।

विशेषगरि आईसीटी पूर्वाधार र स्मार्ट डिभाइसेज बनाउने क्षेत्रमा ध्यान केन्द्रित गरिरहेको कम्पनीले आफ्नो कार्यक्षमता र गुणस्तरमा निरन्तर सुधारको कारण सन् २०१९ को पहिलो चौमासिकमा ससक्त कार्यदक्षता देखिएको दाबी गरेको छ।

ह्वावेले सन् २०१९ ५जीको विकास र बिस्तारको समय भएको हुँदा ह्वावेले व्यवसाय वृद्धिको लागि असिमित अवसरहरु देखिएको उल्लेख गरेको छ । कम्पनीले मार्च महिनाको अन्त्यसम्म विश्वभर फाइभजी बिस्तारको लागि ४० वटा कमर्शियल कन्ट्र्याक्ट गरेको र ७० हजार भन्दा बढि ५जी बेस स्टेशनहरु विश्वभर पुर्याउने जनाएको छ ।

ह्वावेको इन्टरप्राइज बिजनेस ग्रुपले यो वर्ष आफ्नो डिजिटल प्लेटफर्म तथा ह्वावे इनसाइड स्ट्राटेजी समेत सार्वजनिक गरेको छ । जसले डिजिटल चीनको आधारस्तम्भ तयार पार्ने र विश्वभर डिजिटल प्लेटफर्म सिर्जना गर्ने उल्लेख गरेको छ ।

सोहि ग्रुपले विश्वको पहिलो ५जीमा पहुँच भएको वाईफाई सिक्स एक्सेस प्वाइन्ट समेत ल्याएको छ जून विश्वभर पुर्याईने बताईएको छ ।

कम्पनीले आफ्ना उपभोक्ताहरुको लागि कन्जुमर बिजनेस ग्रुपको तर्फबाट आविश्कारिक उत्पादनहरु ल्याउने र पर्सनल कम्यूटर, वेयरेबल डिभाइस तथा स्मार्ट होम डिभाइस सेगमेन्टमा पनि अझ बढि कार्य गर्ने जानकारी दिएको छ ।

कम्पनीले ह्वावे क्लाउडमा लगानी गर्दै नयाँ नयाँ सेवा प्रदान गर्ने उल्लेख गरेको छ ।

स्रोत

प्रकाशित: ९ बैशाख २०७६, सोमबार