Technology Khabar ८ बैशाख २०७६, आईतवार
काठमाडौं ।
काठमाडौं । श्रीलंकाले आइतवार भएको बम विस्फोटको श्रृंखलाबद्ध घट्नापछि अस्थाईरुपमा सामाजिक संजाल बन्द गरेको छ ।
दक्षिण एशियाली मुलुक श्रीलंकाका विभिन्न स्थानहरुमा क्रिस्चियन धर्माबलम्बीहरुलाई लक्षित गरेर इष्टर सण्डेको दिनमा चर्चहरु तथा होटलहरुमा बिहानीको समयमा बम आक्रमण गरिएको थियो ।
सो घट्नापछि श्रीलंकन सरकारले सामाजिक संजालबाट आक्रमणको बारेमा गलत सूचनाहरु नफैलिउन भनेर सट डाउन गरेको बताईएको छ ।
विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले श्रीलंकामा विशेषगरि फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, मेसेन्जरजस्ता एप तथा सामाजिक संजाललाई बन्द गरिएको उल्लेख गरेका छन् । *हेडलाइन परिवर्तन
प्रकाशित: ८ बैशाख २०७६, आईतवार