हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण जुन ६ देखि काठमाडौमा

काठमाडौँ । हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण आगामी जुन ६ देखि ९ सम्म काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजना हुने भएको छ ।

नेपाललाई हिमालय प्रवेशद्धार तथा साहसिक पर्यटनको केन्द्र एवं सबल पर्यटन मैत्री गन्तब्यको रुपमा विश्व सामु स्थापित गर्ने उद्देश्यका साथ सन २०१७ देखि वार्षिक कार्यक्रमको रुपमा आयोजना गरिदै आएको हिमालयन ट्राभल मार्ट नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने शसक्त ब्राण्डको रुपमा विकास हँुदै गएको छ ।

नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा अन्तर्राष्ट्रिय एवम पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाहरुको सहयोग, समन्वय तथा सहकार्यमा प्यासिफिक एसिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले आयोजना गरिने हिमालयन ट्राभल मार्टको आयोजना गर्दै आइरहको छ ।

हिमालयन ट्राभल मार्टको यस अघि सम्पन्न भएका दुई संस्करणहरुको सफल आयोजनाले नेपाली पर्यटन क्षेत्रको प्रचार–प्रसार तथा प्रवद्र्धनमा नयाँ आयाम थपेको पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले बताए । उनले भने,‘ हिमालयन ट्राभल मार्ट क्रमशः ब्राण्डिङ्ग हुँदै आइरहको छ । जसले नेपाली पर्यटन क्षेत्रकै शीर उच्च पार्नुका साथै विश्व बजारमा नेपालको शसक्त उपस्थिति जनाउन सहयोग पुगेको छ ।’

हिमालयन ट्राभल मार्ट देशकै प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित हुँदै गइरहेको र यसमा आयोजना गरिने बी–टु–बी कार्यक्रमले नेपालको पर्यटन पर्वद्धनमा सहयोग लाई विश्व सामु चिनाउन पुगेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । उनले भने, ‘मार्ट पर्यटन ब्यावसायीहरु, सहभागीहरु तथा सबै सरोकारवालाहरुका लागि नेटवर्किङ्ग, ब्यावसाय प्रवद्र्धन, ज्ञान तथा सिप आदान–प्रदान गर्न एक अद्धितीय मञ्च बन्न पुगेको छ ।’

मार्टको आवश्यक पूर्वतयारी तथा ब्यवस्थापन कार्यहरु उल्लेख्य मात्रामा सम्पन्न भइसकेको नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडालले बताए । यो पटकको मार्टमा नेपाल, भारत, पाकिस्तान, तिब्वत (चीन) र भुटान लगायत हिमालयन राष्ट्रहरुबाट विक्रेताहरु तथा युरोप, अमेरीका, अष्टे«लिया, न्यूजिल्याड, रसिया तथा सि. आई. एस. राष्ट्रहरु, एशिया र अरब राष्ट्रका क्रेताहरुको सहभागी हुने बुडालले जानकारी दिए ।

यस अघि सन् २०१७ सालमा ५३ देशहरुवाट २ सय २५ विदेशी प्रतिनिधिहरु,सन् २०१८ मा सम्पन्न भएको मेलामा ३६ वटा विभिन्न देशहरुवाट १ सय ७० भन्दा बढी विदेशी प्रतिनिधिहरुको सहभागिता रहेको पाटा नेपाल च्याप्टरले जानकारी दिएको छ ।