सिटिजन्स बैंक इन्टरनेसनल तेह्रौँ वर्षमा प्रवेश

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाह्र वर्ष पुरा गरी तेह्रौँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू आयोजना गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७५।७६ को तेस्रो त्रयमास सम्ममा ६८ अर्व ६८ करोड रुपैयाँ निक्षेप संकलन गरि ६३ अर्व ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरी सोहि अवधि भित्र १ अर्व ४९ करोड १४ लाख रुपैयाँ संचालन मुनाफा र १ अर्व ६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत वर्ष सोहि अवधिको तुलनामा क्रमश ४.०२ प्रतिशत ५.९१ प्रतिशतले वृद्धि भएको छ ।

बैंकले आफ्नो वार्षिकोत्सव पारेर बैंकिङ्ग सम्बन्धि जनचेतना जागरण गर्ने उद्देश्यले प्रभातफेरी आयोजना ग¥यो । बैंकको प्राङ्गणबाट शुरु भएको सो प्रभातफेरी सिटिजन्स बैंक (नारायणहिटीपथ – हात्तिसार – कमलादी गणेश – तिनधारा – दरबारमार्ग – नारायणस्थान हुदै बैंकको प्राङ्गणमा आएर टुगिएको थियो । उक्त प्रभातफेरी कार्यक्रममा करिव ३५० सिटिजन्सकर्मीहरूको उपस्थिति रहेको थियो ।

बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा प्रवाह गर्ने ंकर्मचारीलाई ‘दीर्घ सेवा सम्मान पदक’ प्रदान गरेका छन् ।

बाहौं वार्षिकोत्सवको सुखद अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विगतका कार्यक्रमहरूलाई निरन्तरता दिँदै बैंकले विभिन्न संघसंस्थाहरुलाई आर्थिक सहयोग गरेको छ ।
बाह्र वर्षको समयावधिमा देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।