मोबाइल फाइनान्स सेवा अगाडि बढाउन दूरसंचार प्राधिकरण र राष्ट्र बैंकबिच समझदारी

Technology Khabar ६ बैशाख २०७६, शुक्रबार

मोबाइल फाइनान्स सेवा अगाडि बढाउन दूरसंचार प्राधिकरण र राष्ट्र बैंकबिच समझदारी

काठमाडौं ।

अनुज राज । काठमाडौं । टेलिकम सेवा प्रदायकको प्रविधि प्रयोग गरेर मोबाइल फाइनान्स र बैंकिङ सेवा उपलब्ध गराउनका लागि नियामक निकायहरुबिच समझदारी भएको छ ।

नेपाल दूरसंचार प्राधिकरण र नेपाल राष्ट्र बैंकबिच विद्युतिय भुक्तानी सेवालाई प्रभावकारी बनाउने विषयमा सम्झौता भएको छ ।

दुबै सरकारी निकायले नेपालमा मोबाइल फाइनान्सियल सेवालाई अगाडि बढाउने, विश्वसनियता कायम गराउने, विकास र बिस्तार गर्ने उद्धेश्यका साथ मोबाइल फाइनान्सका लागि आफ्नो क्षेत्राधिकार तोकेर काम गर्न सहमत भएका हुन् ।

शुक्रबार नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा नेपाल दूरसंचार प्राधिकरणका कार्यबाहक अध्यक्ष पुरुषोत्तम खनाल तथा नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जिवी नेपालले समझदारीपत्रमा हस्ताक्षर गरे ।

सो समझदारीअनुसार दुबै निकायले मोबाइल फाइनान्स तथा बैंकिङ्ग सेवाको बारेमा प्रष्ट क्षेत्राधिकार तोकेर कार्यबिधि समेत तयार पारेका छन् ।

बैंक तथा वित्तिय क्षेत्रको अनुमगमन र नियमन राष्ट्र बैैंकको क्षेत्रमा राखिएको छ भने प्राविधिक सेवा तथा दूरसंचार सेवा प्रदायकहरु, एप्स संचालन कम्पनीहरुलगायतको अनुगमन र नियमनको क्षेत्र दूरसंचार प्राधिकरणको मातहतमा राखिएको छ ।

दूरसंचार प्राधिकरणका कार्यबाहक अध्यक्ष पुरुषोत्तम खनालले देशमा डिजिटल नेपालको अभियानलाई अगाडि बढाउन यो सम्झौता आधार बन्ने बताए ।

अहिलेको सम्झौतामा वित्तिय पाटो राष्ट्र बैंकले हेर्ने र प्राविधिक तथा दूरसंचार सेवाको पाटो हामीले हेर्ने सहमति भएको छ, कार्यबाहक अध्यक्ष खनालले भने ।

उनकाअनुसार यसले आगामी दिनमा अनलाइन पेमेन्टलाई तिब्र गतिमा अगाडि बढाउन सहयोग हुनेछ ।

मोबाइल फाइनान्सिमार्फत मोबाइल वालेटलाई पूर्णरुपमा अगाडि बढाउन सेवा प्रदायकहरुलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

समझदारीपछि विद्युतिय भूक्तानी प्रणालीलाई अनुगमन र नियमन गर्न दुबै पक्षको तर्फबाट संयुक्त समिती समेत गठन गरिएको छ । राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा ६ सदस्यिय समिती गठन गरिएको दूरसंचार प्राधिकरणका उप निर्देशक बिनोदचन्द्र श्रेष्ठले जानकारी दिए ।

Global Bank
easy care

प्रकाशित: ६ बैशाख २०७६, शुक्रबार