एनसेलको ‘पहिलो सिम’ अफर, एसइई दिएका विद्यार्थीलाई १ रुपैयाँमा सिम

Technology Khabar ६ बैशाख २०७६, शुक्रबार

एनसेलको ‘पहिलो सिम’ अफर, एसइई दिएका विद्यार्थीलाई १ रुपैयाँमा सिम

काठमाडौं ।

काठमाडौं । एनसेलले एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै ‘पहिलो सिम’ अफर ल्याएको छ ।

सिमको मुल्य केवल १ रुपैयाँ कायम गरिएको छ भने कम्पनीका अनुसार सिममा दिन र रातको डाटा प्याकहरु, प्रत्येक पटकको रिचार्जमा एसएमएस र डाटा बोनस तथा माइ फाइभ लगायतका सुविधा छन्।

विद्यार्थीहरुले सिम आफ्नो नजिकैको एनसेल सेन्टरबाट प्राप्त गर्न सक्नेछन्। सिम प्राप्त गर्न विद्यार्थीहरुले एसइईको प्रवेश कार्ड र अभिभावकको नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो एक थान लिएर जानु पर्ने कम्पनीले जानकारी दिएकोछ।

एसइई सिममा समाविष्ट अफरहरु अन्तर्गत मात्र १७ रुपैयाँ ७० पैसामा दैनिक डाटा प्याकहरु प्राप्त गर्नसकिने छ। साथैः दिनको प्याकमा ३०० एमबि, जुन विहान ५ बजेदेखि साँझ ५ बजेसम्म कायम रहनेछ र रातको प्याकमा असिमित इन्टरनेट, जुन राति ११ बजे देखि विहान ७ बजेसम्म कायम रहनेछ।

सिम सुचारु गरेपछि यदि ग्राहकले ५० वा त्यसभन्दा बढीको रिचार्ज गरेमा बदलामा २४ घण्टाको लागि १०० एमबि डाटा र १०० एसएमएस सित्तैमा प्राप्त गर्नसकिने कम्पनीले उल्लेख गरेको छ।

‘माइ फाइभ’ सेवा एक वर्षको लागि निःशुल्क प्राप्त हुनेछ, जसमा ग्राहकले कुनै पनि ५ वटा एनसेल नम्बरहरुसँग ३० दिनका लागि ० पैसामा र ३० दिनपछि ०।९९ पैसामा ११ महिनाको लागि जोडिन सक्ने कम्पनीको भनाइ छ। यो पहिलो सिम अफर यही बैशाख ६ गतेदेखि ९० दिनसम्म लागू गरिएको कम्पनीले जनाएको छ ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ६ बैशाख २०७६, शुक्रबार

ताजा समाचार