फाइभजी प्रयोगकर्ताहरू सन् २०२५ सम्म २.८ अर्ब हुने

Technology Khabar ४ बैशाख २०७६, बुधबार

फाइभजी प्रयोगकर्ताहरू सन् २०२५ सम्म २.८ अर्ब हुने

काठमाडौं ।

काठमाडौं । फाइभजी टेक्नोलोजीको विकास हालैको समयमा एकदम छिटो गतिमा भईरहेको छ र हामीसँग पहिले नै ५जी स्मार्टफोन पनि आएको छ। तथापि, ५जी को व्यापक फैलिएको व्यावसायीकरणका लागि भने थप केही वर्ष लाग्न सक्छ।

अहिलेसम्म, दक्षिण कोरियाले सफलतापूर्वक ५जी नेटवर्कलाई व्यवसायिक बनाएको छ तर अहिलेसम्म, केवल सामसंग ग्यालेक्सी एस १० ५जी स्मार्टफोन मात्र प्रयोगको लागि उपलब्ध छ र हामीलाई थाहा छ कि यो एक उच्चतहको स्मार्टफोन हो। अहिलेको लागि, ५जी महंगो वस्तु रहेको छ (फोन र क्यारियर चार्ज दुवैतर्फ) तर समय संगै, यो सबैको लागि उपलब्ध हुनेछ । चिनियाँ टेक कम्पनी ह्वावेले अबको ६ वर्षभित्र अरबौं प्रयोगकर्ताहरू ५ जी नेटवर्कमा हुनेछन्।

मंगलबार चीनको सेनझेनमा ह्वावेले एक विश्लेषक सम्मेलन गरेको छ जहाँ कम्पनीको बारेमा तथा ५जीको बारेमा बताएको छ ।

ह्वावेका उपाध्यक्ष हू ह्यूईवीले ५जी प्रविधिबारे ह्वावेको भविष्यवाणी गरे । उनले भने, ‘कम्पनीले सन् २०२५ सम्म विश्वभर ६.५ मिलियन ५ जी आधार स्टेसन बन्नेछन र २.८ अरब ५जी प्रयोगकर्ताहरू हुनेछ।’

उनकाअनुसार यो आंकडामा विश्वका ५८ प्रतिशत प्रयोगकर्ताहरू समाविष्ट गर्नेछ। यसको अर्थ ह्वावेले संसारका सञ्जाल प्रयोगकर्ताहरु मध्ये आधा भन्दा अधिक ६ वर्षमा ५जी नेटवर्कमा जोडिने भविश्यवाणी गरेको छ ।

तथापि, आगामी छ वर्षको समयमा, हामीसँग ६जी, ७जी वा शायद ८जी सञ्जाल हुनेछैन् । तर टेक्नोलोजी विकासको वर्तमान दर निकै खतरनाक छ र हामी निश्चित हुन सक्छ कि सिक्स जी केही वर्षको समयमा तयार हुनेछ। एजेन्सी

easy care

प्रकाशित: ४ बैशाख २०७६, बुधबार