गूगल र एप्पलले भारतमा आफ्नो प्ले स्टोरबाट टिकटक एप हटाए

Technology Khabar ४ बैशाख २०७६, बुधबार

गूगल र एप्पलले भारतमा आफ्नो प्ले स्टोरबाट टिकटक एप हटाए
NTC_Advt

काठमाडौं । गूगल र एप्पलले आफ्नो एप स्टोरबाट विवावदमा आएको टिकटक एप हटाएका छन् । यसअघि मंगलबार मात्रै भारत सरकारले टिकटक एपलाई डाउनलोड गर्नबाट रोक लगाउन कम्पनीहरुलाई निर्देशन दिएको थियो ।

मद्रास उच्च अदातलको आदेश पालना गर्दै भारतको डिजिटल कम्यूनिकेसन्स नियमन गर्ने निकाय प्रतिबन्ध गर्ने भारत संचार तथा सूचना प्रविधि मन्त्रालयले एप्पल र गूगल दुबैलाई टिकटक एप आफ्नो एप स्टोरबाट हटाउन निर्देशन दिएको थियो ।

सोहि निर्देशनअनुसार गूगल प्ले स्टोर र एप्पल आईओएस स्टोरबाट टिकटक डाउनलोड गर्न नसक्ने गरी हटाएका हुन । अब भारतीयहरुले भारतमा टिकटक डाउनलोड गर्न सक्नेछैनन् ।

भारत टिकटकको निकै ठूलो बजार रहेको थियो जहाँ १२ करोड भन्दा बढि यूजर्स रहेको बताईएको छ ।

यसअघि भारतको अदालतले टिकटक एपले अश्लिलता फैलाएको र बालबालिकाहरुका लागि अनुपयुक्त भएको भन्दै प्रतिबन्ध लगाउन सरकारलाई आदेश दिएको थियो ।

सो आदेशको विरुद्धमा चिनियाँ कम्पनी बाइटडान्स टेक्नोलोजीले अदालतमा टिकटक एप प्रतिबन्धको आदेश खारेज गर्न भन्दै अपील गरेको थियो तर सो अपील अदालतले खारेज गरेको थियो ।

गूगलले सो अपली खारेजभएसँगै सरकारको निर्देशन मान्दै सो एप हटाएको हो । यद्यपी गूगलले सो बारेमा कुनै आधिकारिक बयान भने दिएको छैन्। *हेडलाइन र समाचार अपडेट गरिएको

बीबीसीबाट

प्रकाशित: ४ बैशाख २०७६, बुधबार