हातमै बोक्न मिल्ने साओमी एयर पम्प, टायरमा हावा भरेपछि अटोमेटिक बन्द हुने

Technology Khabar ३ बैशाख २०७६, मंगलवार

हातमै बोक्न मिल्ने साओमी एयर पम्प, टायरमा हावा भरेपछि अटोमेटिक बन्द हुने

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेक कम्पनी साओमीले पछिल्ला दिनहरुमा विभिन्न किसिमका उत्पादनहरु बजारमा ल्याईरहेको छ । हालै कम्पनीले नयाँ डिभाइस ल्याएको छ जुन हेर्दा म्यूजिक प्लेयर अथवा वाकीटकी जस्तै देखिन्छ । जसमा सानो एन्टेना, स्पीकर जस्तै साइड ग्रीललगायतको डिजाइन रहेको छ ।

तर यो कुनै वाकीटकी वा म्यूजिक प्लेयर नभएर कम्पनीले हालै सार्वजनिक गरेको साओमी एयर पम्प हो ।

कम्पनीले यसलाई हाल चीनमा मात्र सार्वजनिक गरेको छ जसको मूल्य १९९ चिनियाँ यूआन तोकिएको छ । यसमा डिजिटल डिस्प्ले रहेको छ भने राती प्रयोग गर्नका लागि यसमा एलईडी लाइट र इन्टरफेस बटन राखिएको छ ।

यो डिभाइस २,००० एमएएच क्षमताको दुई रिचार्जेबल ब्याट्रीबाट संचालन हुन्छ ।

पुरै मेटल बडी रहेको यसमा १२० एमएमको ड्यूरेबल एयर होज राखिएको छ । यसलाई सामान्य मानिसले पनि टायरमा हावा भर्नको लागि प्रयोगगर्न सक्दछ । जसमा बिल्ट इन प्रेसर सेन्सर राखिएको छ भने यसले टायरमा आवश्यकताअनुसार सिधै हावा भर्न सक्छ ।

यो डिभाइसका साथमा ग्राहकले दुईवटा साइजका पीनहरु प्राप्त गर्नेछ भने यूएसबी चार्जिग केबल, र क्यारी पाउच साथै आउनेछ ।

यो हावा भर्ने पम्पमार्फत कसैले पनि फुटबल, साइकल, कारको टायरहरुमा हावा भर्न सक्नेछ । यसको आधिकारीक भनाईअनुसार यो डिभाइसलाई एक पटक पुरै चार्ज गर्दा ५ वटा कारको टायरहरु अथवा ८ वटा साइकलको टायर अथवा ७ वटा फुटबलमा हावा भर्न सक्दछ ।

यसको अर्को विशेषा भनेको टायरमा हावा पर्याप्त भएपछि यो अटोमेटिकरुपमा आफैँ रोकिन्छ । तर त्यसको लागि यूजरले सेटिंग गर्नुपर्ने हुन्छ ।

यसलाई सजिलै बोकेर जहाँपनि लग्न सकिन्छ भने यसलाई निरन्तर टायरहरुमा हावा भर्दा पनि नतात्ने किसिमले बनाईएको कम्पनीको दाबी छ ।
एजेन्सी

easy care

प्रकाशित: ३ बैशाख २०७६, मंगलवार