टिकटकलाई एप्स स्टोरबाट हटाउन भारत सरकारको निर्देशन

Technology Khabar ३ बैशाख २०७६, मंगलवार

टिकटकलाई एप्स स्टोरबाट हटाउन भारत सरकारको निर्देशन

काठमाडौं ।

काठमाडौं । भारतको सरकारले टिकटक एपलाई रोक लगाउन कम्पनीहरुलाई निर्देशन दिएको छ ।

यसअघिको मद्रास उच्च अदातलको आदेश पालना गर्दै भारतको डिजिटल कम्यूनिकेसन्स नियमन गर्ने निकाय प्रतिबन्ध गर्ने भारत संचार तथा सूचना प्रविधि मन्त्रालयले एप्पल र गूगल दुबैलाई टिकटक एप आफ्नो एप स्टोरबाट हटाउन निर्देशन दिएको छ ।

भारतसहित विश्वभर यूजर जेनेरेटेड भिडियो शेयरिंग एप टिकटकको लोकप्रियता चुलिँदो अवस्थामा सबैभन्दा ठूलो मोबाइल बजारमा भने यसमाथि प्रतिबन्ध लागेको हो । भारतमा मात्रै यसका करोडौं यूजरहरु रहेका छन् ।

तर भारतको अदालतले टिकटक एपले अश्लिलता फैलाएको र बालबालिकाहरुका लागि अनुपयुक्त भएको भन्दै प्रतिबन्ध लगाउन सरकारलाई आदेश दिएको थियो ।

बिगत २ महिनामा टिकटकको कन्टेन्टहरुमाथि नियमनकारी निकायहरुले सक्त कारबाहि गरेको यो दोस्रो पटक हो । यसअघि अमेरिकामा बालबालिका संरक्षण नीति विरुद्ध गएको भन्दै एफटिसीले टिकटक एपलाई ५.७ मिलियन जरिवाना गराएको थियो ।

नयाँ आदेशले यसअघि नै भारतमा टिकटक एप डाउनलोड गरेर प्रयोग गरिरहेका १२ करोडभन्दा बढि यूजरलाई भने कुनै असर पर्नेछैन् । किनकी उनीहरुले यसअघि नै टिकटक एप डाउनलोड गरिसकेका छन् । तर टिकटक डाउनलोड गर्न चाहने नयाँ यूजरलाई भने यसले असर पार्नेछ ।

अमेरिका र भारतलगायतका देशहरुमा आएको दबाबपछि टिकटकले सो एप प्रयोग गर्नको लागि कम्तिमा १३ वर्ष पुगेको हुनुपर्ने नियम ल्याएको थियो ।

यसअघि टिकटक जस्तै एप म्यूजिकल्लीले पनि हालको टिकटकको जस्तै आरोप भोग्नुपरेको थियो ।

रिपोर्टहरुले भने हालसम्म दुबै एप स्टोरमा टिकटक उपलब्ध नै रहेको उल्लेख गरेका छन् ।

माध्यम

easy care

प्रकाशित: ३ बैशाख २०७६, मंगलवार