सामसंग ग्यालेक्सी ए२ कोर लन्च, एन्ड्रोयड गोमा आधारित सस्तो स्मार्टफोन

काठमाडौं । सामसंगले एन्ड्रोयड गोमा आधारित आफ्नो सस्तो स्मार्टफोन ग्यालेक्सी ए २ कोर लन्च गरेको छ । कम्पनीले यो नयाँ इन्ट्रि लेभलको स्मार्टफोन भारतमा पहिलो पटक अफलाइन स्टोर्सहरुमार्फत बिक्री शुरु गरेको छ ।

यो लन्च कम्पनीले सामान्यरुपमा गरेको हो भने यसको लागि अफिसियल पेज समेत बनाएको छैन् ।

एन्ड्रोयड गोमा आधारित एन्ड्रोयड पाई अपरेटिंग सिस्टममा संचालन हुने यो फोनमा एक्सनोज ७८७० चीपसेट राखिएको छ । फोनमा १ जीबी र्याम तथा १६ जीबी स्टोरेज राखिएको छ भने यसको स्टोरेज माइक्रोएसडी कार्डबाट बढाउन सकिन्छ ।

फोनमा ५ इन्चको एलसिडी क्वाडएचडी स्मार्टफोन राखिएको छ जसको स्क्रिन रिजोल्यूशन ५४०ह९६० पिक्सेल रहेको छ ।

फोटोका लागि फोनमा ५ मेगापिक्सेलको मुख्य क्यामरा तथा ५ मेगापिक्सेलको सेल्फी क्यामरा राखिएको छ । फोनमा कुनै नोच छैन भने मोटो किसिमको बेजल रहेको छ ।

ड्यूल सिम सपोर्ट भएको फोनमा भीओएलटिई सपोर्ट रहेको छ भने वाईफाई, ब्लूटूथ ४.२ तथा ३.५ एमएमको हेडफोन ज्याक रहेको छ । फोनमा २,६०० एमएएचको ब्याट्री प्याक रहेको छ ।

हाल भारतमा मात्र उपलब्ध यो स्मार्टफोन ५,२९० भारु अर्थात करिब ८ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यो स्मार्टफोन हाल नेपाली बजारमा उपलब्ध नभएपनि छिटै नेपालमा आउनेछ जसको मूल्य १० हजार रुपैयाँ भन्दा कम हुने अनुमान छ ।